Exclusive News Sunday, 7 Jan, 2018
Prestige Media

चिसोमा सुकुम्बासीको कहर

कपिलवस्तु — सातादेखि घाम नलागेपछि कठ्याङ्ग्रिने चिसो बढेको छ । यस्ले कपिलवस्तु नगरपालिका वार्ड नं. ३ मा तिलौरामा बसेका ४ घर सुकुम्बासीको जनजीवन कष्टकर बनेकोछ ।

 

२ वटा बास गाडेर त्यस माथि सामान्य प्लास्टिक राखेर बनेका घरमा बसेका उनीहरु चिसोले काप्दै बसेका छन् । बाहिर उस्तै जाडो हुन्छ ६० वर्षे शिवकुमार पाण्डेले भने टहरो ह्वाङ्ग हुँदा चारैतिरबाट चिसो पसेर बसिनसक्नु छ ।
गरिब विपन्न हुँदा घर बनाउन सकिएन् उनले भने ४ नानीनातिनालाई भएको झुत्राझत्री ओढाएर बस्छु । राति परेपछि ससाना प्वाल र प्लास्टिक छेड्दै शित भित्र छिर्छ चिन्की पाण्डेले भनिन्, ‘एक सरो पातलो कपडाले कठ्याङ्ग्रिदै रात काटछु ।’ श्रीमानहरु बाह्मण भएकाले दिन भरि यजमान खोज्दै माग्दै हिड्छन् भने साँझ त्यही पकाएर खान्छन् ।
अरु आयस्रोत केही नभएका यि सुकुम्वासीहरुसंग चिसोबाट बच्ने कपडा पनि छैनन् । ‘लालाबाला पनि पढाउन सकेका छैनौं’ उनी भन्छिन्, ‘जाडो निक्कै कष्टर बनेकोछ ।’ उनीहरुले पराल ओछयाएका छन् । फाटेका कपडाले बनाएको थाड्ग्रो ओड्छन् । जाडोले ४ घरमा २० जना प्रभावित बनेका छन् । आगो ताप्दै बसेका छन् । राती आगो शितले निभाईदिन्छ, त्यसपछि अझ समस्या हुन्छ ।
तीन सातादेखि बढेका चिसो सातादेखि झनै बढेको छ । न्युनतम १० देखि १२ डिग्रि सेल्सियस रहँदै आएको तापक्रम घटेर आजभोली न्युनतम ६ डिग्रीमा झरेकोछ । अधिक्तम् पनि १२ डिग्री सेल्सियस रहेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभागको ईकाईका रामु रेग्मीले बताए । ‘दिनभरि घाम लाग्दैन्’ तुल्सीराम पाण्डेले भन्छन्, ‘त्यसले अरु समस्या पारेको छ । रातभरि नसुति बस्ने गरेका छौं ।’
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL