राजनीति / देश Tuesday, 7 Nov, 2017
Prestige Media

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बारा-नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट बारा जिल्लाका सशक्त र लोकप्रिय माओबादी नेता क्षेत्र बहादुर श्रेष्ठ अनिललाइ राष्ट्रिय सभामा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मातृका प्रसाद यादव, प्रभु साह, बर्षमान पून लगायतका केन्द्रका नेताहरुको आपसी छलफलबाट सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

दाहालको प्रतिबद्धताले बारा जिल्लामा उम्मेदवारी चयनका कारण कार्यकर्ता तथा मतदाताहरुको असन्तुष्टिलार्इृ हल गर्ने विश्वास गरिएको छ । जिल्लाको क्षेत्र नम्बर ३ र ४ मा वाम गठबन्धनका कार्यकर्ता र मतदाताहरुबाट जिल्लाकै शसक्त र लोकप्रिय माओवादी नेता श्रेष्ठको उच्च माग भए पनि पार्टीको क्षेत्रिय नेताहरुको किचलो र बिबादका कारण श्रेष्ठले टिकट गुमाएका थिए ।


प्रदेश नं. २ का माओबादी केन्द्रका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका नेताहरुले बारा जिल्लालाई प्राप्त हुने कोटा कटाएर प्रदेशको पूर्बी भागमा मिलान गरेका कारण स्थानिय निकायमा जिल्लाले प्राप्त गरेको ४३ हजार भन्दा बढि मतको घोर अपमान भएको स्थानिय नेता कार्यकर्ता बताउछन ।

अन्तमा गठबन्धनको निर्णय अनुसार माओबादीको भागमा परेको क्षेत्र नं. ३ को प्रदेश सभा क मा समेत स्थानिय निर्वाचनमा निर्वाचित प्रतिनिधी कार्यकर्ता र मतदाताहरुको उच्च मागको बाबजुद पनि श्रेष्ठको हातमा टिकट नपरेपछि मतदाताहरु निराश हुन पुगेका थिए । जसका कारण जिल्लाको सबै तहमा गठबन्धनका उम्मेदवारहरुलाई ठूलो चुनौती थपिनुका साथै पर्साको क्षेत्र नं. ४ मा समेत गम्भिर असर पर्ने देखिएको थियो ।श्रेष्ठको जन्मस्थल पर्साको क्षेत्र नं. ४ मा माओबादी नेत्रृ उर्मिला अर्याल उम्मेदवारको रुपमा चुनावी मैदानमा छिन ।

सुरुदेखि नै जिल्लाको क्षेत्र ३ र ४ मा टिकट पाउने चर्चा रहे पनि अन्य उम्मेदवारले टिकट हात पारेपछि सो क्षेत्रका एमाले माओबादी कार्यकर्ता र जनता आक्रोशित बन्न पुगेका थिए । यसै सन्दर्भमा श्रेष्ठसँग प्रश्न गर्दा आफू सधै जनता र कार्यकर्तासँग रहेको र पार्टीले दिएको जिम्मेवारी नै आफ्नो जिवन रहेकोले टिकट पाउनु र नपाउनु धेरै ठूलो बिषय नरहेको श्रेष्ठले बताउनु भयो । बामगठबन्धनका उम्मेदवारहरुलाई दिलोज्यान दिएर विजयी गराई मुलुकमा स्थायी सरकार र आर्थिक समृद्धीतर्फ अगाडि बढ्नु आजको आवश्यकता भएको कुरामा श्रेष्ठले जोड् दिनुभयो । तर जनता र कार्यकर्ताको असन्तुष्टिलाई सहि ढंगबाट सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अनिल श्रेष्ठलाई थप चुनौती थपिएको स्थानिय मतदाताको भनाई छ ।

केही समय अघि सम्पन्न स्थानिय निर्वाचनमा माओबादी केन्द्रले जितपुरसिमरा उप महा नगरपालिका लगायतको स्थानिय निकायमा सबै भन्दा बढी वडा आफ्नो पक्षमा पार्न सफल भएकोमा श्रेष्ठको भूमिकालाई एमाले कांग्रेसका नेता कार्यकर्ताले चमत्कारका रुपमा लिएका थिए ।

२०४६ सालदेखि बामपन्थी राजनितीमा सक्रिय श्रेष्ठ १० बर्षे जनयूद्धकालमा बारा,पर्सा र रौतहटकै सचिव भएर कुशलता पुर्बक काम गर्नुका साथै बटालियन कमिसारको रुपमा जिम्मेवारी सम्हालेका कुशल संगठक हुन । त्यसै गरी शान्ति पूनस्र्थापना पश्चात २०७३ सालमा एकीकृत माओबादी पार्टीको प्रदेश नं. २ को सचिवको रुपमा समेत कार्य सम्पन्न गरिसक्नुभएका क्षेत्र बहादुर श्रेष्ठ अनिल हाल माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्य हुनुहुन्छ ।

तितेपाती डट्कम बाट सभार । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

बालुवाटार निवासमा पार्टी बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोेष

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा

स्वदेशमै उच्च शिक्षा अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषण

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

विमान दुर्घटना जाँचबुझ आयोग गठन

नेपालको हवाई उडानः १०८ दुर्घटनामा ९५९ को मृत्यु

विमानस्थल पुगे प्रधानमन्त्री ओली

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL