राजनीति / देश Sunday, 16 Oct, 2022
Prestige Media

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

नेपाल प्रहरी २०१२ मा स्थापना भएको हो

काठमाडौं– नेपाल प्रहरीले आइतबार ६७औं स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवस अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।६७औं प्रहरी दिवसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । नेपाल प्रहरी २०१२ मा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।

यस पटक कार्यदक्षता मूल्यांकनमा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदीप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी ब्याटन प्रदान गरिनेछ ।प्रहरी ब्याटनमा छनोट गर्नुअघि अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको कार्यदक्षता मूल्यांकन टिमले स्थलगत अनुगमन गरेको थियो । प्रतिस्पर्धामा प्रदेश १ प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय, सो मातहतको जिल्ला, दंगा, गण, चौकी र ट्राफिक व्यवस्थापनबारे अनुगमन गर्दा डीआईजी गिरीको कमान्ड कन्ट्रोल, अफिस व्यवस्थापन र अपराध अनुसन्धान उत्कृष्ट रहेको मूल्यांकन समितिको निष्कर्ष छ ।प्रहरी दिवस अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

यस्तै, डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाएका छन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ । प्रहरी वृत्त कालीमाटीमा कार्यरत घिमिरेलाई पूर्ण शान्ति पुरस्कारका लागि छनोट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तीदेवी खवासले स्थापना गरेका हुन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवस अवसरमा उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार दिइनेछ ।

इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गरिनेछ । डीएसपी कुँवरले झापामा एक जना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी

यस वर्ष ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

इलाम र बाजुरामा उम्मेदवारी दिने नेकपा माओवादीको निर्णय

सशस्त्रको एक पल्टुनको एक फौज २४सै घन्टा सीमा गस्तीमा

सम्पर्कविहीन २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

िसुन तस्करी प्रकरणः माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे

सरकारसँग ८ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

सुन तस्करी प्रकरणमा महरासँग अस्पतालबाटै बयान लिइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL