राजनीति / देश Sunday, 16 Oct, 2022
Prestige Media

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

नेपाल प्रहरी २०१२ मा स्थापना भएको हो

काठमाडौं– नेपाल प्रहरीले आइतबार ६७औं स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवस अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।६७औं प्रहरी दिवसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । नेपाल प्रहरी २०१२ मा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।

यस पटक कार्यदक्षता मूल्यांकनमा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदीप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी ब्याटन प्रदान गरिनेछ ।प्रहरी ब्याटनमा छनोट गर्नुअघि अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको कार्यदक्षता मूल्यांकन टिमले स्थलगत अनुगमन गरेको थियो । प्रतिस्पर्धामा प्रदेश १ प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय, सो मातहतको जिल्ला, दंगा, गण, चौकी र ट्राफिक व्यवस्थापनबारे अनुगमन गर्दा डीआईजी गिरीको कमान्ड कन्ट्रोल, अफिस व्यवस्थापन र अपराध अनुसन्धान उत्कृष्ट रहेको मूल्यांकन समितिको निष्कर्ष छ ।प्रहरी दिवस अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

यस्तै, डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाएका छन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ । प्रहरी वृत्त कालीमाटीमा कार्यरत घिमिरेलाई पूर्ण शान्ति पुरस्कारका लागि छनोट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तीदेवी खवासले स्थापना गरेका हुन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवस अवसरमा उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार दिइनेछ ।

इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गरिनेछ । डीएसपी कुँवरले झापामा एक जना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL