Breaking News Tuesday, 3 Nov, 2026
Prestige Media

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

सोलुखुम्बुस्थित लुक्लाभन्दा माथि पर्ने फेरिचेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।

मंगलबार बिहान करिब सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनका अनुसार ल्यान्डिङ गर्नेक्रममा फिस्टेल र एयर डाइनेष्टिको हेलिकप्टर पल्टिएको हो। ‘लुक्लाभन्दा माथि फेरिचे भन्ने ठाउँमा ल्यान्डिङको क्रममा दुई वटा हेलिकप्टरको विंग्स छोएर पल्टिएको हो,’ उनले भने।

घटनाबारे थप बुझ्न लुक्लाबाट प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ पुग्दैछन्।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ पर्ने उक्त ठाउँमा हेलिकप्टर दुर्घटना भएपछि नजिकैको प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिए। 

उनले दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्युको खबर प्राप्त भएको पनि बताए।

दुर्घटनामा अर्का एक घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धारको काम भइरहेको छ।

‘एक जना विदेशी नागरिकको मृत्यु भएको खबर पनि प्राप्त भएको छ। अर्का घाइतेको प्रभुको हेलिकप्टरबाट उद्धार भइरहेको भन्ने खबर छ। पहिचान खुलिसकेको छैन,’ उनले भने।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL