Breaking News
Tuesday, 24 Nov, 2026
ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो।
भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।







