Breaking News Wednesday, 18 Nov, 2026
Prestige Media

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

काठमाडौंका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्न प्रशासनले तयारी थालेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पाण्डेले मंगलबार सूचना जारी गर्दै काठमाडौंका अन्य बजार क्षेत्रको व्यापार व्यवसाय पनि चौबीसै घन्टा खुला गर्ने तयारी भएको जानकारी दिएका हुन्।

अहिले ठमेल र दरबारमार्ग चौबीसै घन्टा खुला हुन्छ।  

बाँकी क्षेत्रको व्यापार व्यवसाय पनि चौबीसै घन्टा खुला गर्न स्थानीय तह, विभिन्न विभाग, कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय गरिने काठमाडौं प्रशासनले जनाएको छ।

काठमाडौं संघीय राजधानी र महत्वपूर्ण क्षेत्र भएकाले भरपर्दो सुरक्षा व्यवस्था तथा आवश्यक पूर्वाधार सुनिश्चित गरेर मात्रै जिल्लाका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने प्रजिअ पौडेलले बताएका छन्।

यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसिटिभी, सडक बत्ती लगायतका पूर्वाधारको पर्याप्त व्यवस्था मिलाउने तथा यातायात, व्यापार, व्यवसाय, आपूर्ति र सुरक्षाको भरपर्दो प्रबन्ध गर्ने गरी रणनीतिक तयारी भइरहेको सूचनामा उल्लेख छ।

वृहत् तयारीपछि मात्रै काठमाडौंका समग्र क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने प्रशासनले जनाएको छ।

त्यतिन्जेल दरबारमार्ग र ठमेलबाहेक अन्य क्षेत्रका व्यवसायीलाई अर्को सूचना जारी नभएसम्म साविककै निर्धारित समयभित्र व्यवसाय सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL