Breaking News
Monday, 27 Nov, 2017
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
मंसिर ११, २०७४-धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटार, दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सल्यानटारबाट बिहान साढे ३ बजे आरुघाट जाँदै गरेको बा ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी–२, सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।
source ; kantipur








