Breaking News Sunday, 11 Oct, 2026
Prestige Media

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको छ।

गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेतको उग्युलुङ खोलामा आएको बाढीले बूढीगण्डकी नदीमा पानीको बहाव बढाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। उग्युलुङ खोला बूढीगण्डकी नदीको सहायक खोला हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बूढीगण्डकीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएको बताए।

उनका अनुसार घटनाबारे बुझ्न नेपाली सेनाको टोली त्यसतर्फ जाँदै छ। हेलिकप्टर पनि पठाउने तयारी गरिएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोलीसमेत परिचालन भइरहेको उनले जानकारी दिए।

बाढीका कारण मानवीय क्षति भएको सूचना आएको छैन। बगरमा रहेका एक–दुईवटा घर बगाएको भन्ने खबर आएको छ। त्यसबारे पुष्टि गर्दैछौँ,’ उनले भने, ‘बाढी कुन ठाउँबाट आएको हो र के भएको हो भन्नेबारे बुझिरहेका छौँ।’

स्थानीयका अनुसार यस क्षेत्रमा नदी थुनिने र त्यसपछि लेदोसहितको बाढी आउने घटना हुँदै आएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL