Breaking News Thursday, 8 Oct, 2026
Prestige Media

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

अमेरिकन आइडल’ मा केही समय देखा परेका ओहायोका एक पूर्व संगीत पादरी (म्युजिक पास्टर) केलेब फ्लिनलाई पत्नीको हत्या गरेको ठहर गर्दै सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । गत साता जुरीले उनलाई परपुरुष/परस्त्रीसँगको अवैध सम्बन्धमा रहेका बेला पत्नीको हत्या गरेको ठहर गरेको थियो ।

४० वर्षीय फ्लिनले अरूलाई छलछाम गर्न धर्मको दुरुपयोग गर्नुका साथै कुकृत्यले भरिएका आफ्ना कार्यप्रति उनले कुनै पश्चाताप समेत नगरेको न्यायाधीशले बताएका छन् । सजाय सुनाइनुअघि आँसु झार्दै फ्लिनले आफ्ना दुई साना छोरीहरूसँग क्षमायाचना गरेका थिए । जबकी फ्लिनले उनिहरूकै आमालाई सुतिरहेकै अवस्थामा गोली हान्दा दुवै छोरी घरमै थिए । उनले छोरीहरूको जन्मलाई ‘यस जीवनको सबैभन्दा ठूलो खुसी’ भनेका थिए ।

आफ्नो भनाइ र निर्णयहरूको जिम्मेवारी लिने बताए तापनि फ्लिनले आफू निर्दोष रहेको बारम्बार जिकिर गरिरहे । ‘मेरा अन्तिम न्यायाधीश ईश्वरलाई साक्षी राखेर भन्छु, मैले मेरी पत्नीको हत्या गरेको छैन भन्दा म झूट बोलिरहेको छैन,’ उनले कठघरामा उभिएर भनेका थिए । सरकारी वकिलहरूका अनुसार फ्लिनले गत फेब्रुअरीमा घरमा चोरी भएको नाटक रचेर कुनै घुसपैठियाले उनकी ३७ वर्षीया पत्नी एश्ले फ्लिनको हत्या गरेको दाबी गरेका थिए । एश्ले एक शिक्षिका तथा भलिबल प्रशिक्षक थिइन् ।

सन् २०१३ मा ‘अमेरिकन आइडल’ मा देखा पर्दा फ्लिनले गायन प्रतियोगितामा आफ्नो सपना पछ्याउन पत्नीले नै प्रोत्साहन गरेको श्रेय दिएका थिए । उनी हलिउडमा हुने मुख्य प्रतिस्पर्धासम्म भने पुग्न सकेका थिएनन् । मुद्दाको सुनुवाइका क्रममा फ्लिन वा अन्य कसैले पनि उनको तर्फबाट बयान दिएनन् ।

सोमबार सजाय सुनाउने क्रममा एश्लेका आमाबुबा लगायत परिवारका सदस्यहरूले कडा सजायको पक्षमा बोलेका थिए । यद्यपि, एश्लेको सम्झना घृणामा परिणत नहोस् भनेर आफूहरूले फ्लिनलाई माफ गरिदिएको उनीहरूले बताए ।

एश्लेकी बहिनी कायला किटका अनुसार फ्लिनको यस कदमले उनीहरूको सम्पूर्ण चर्च समुदायलाई नै स्तब्ध र त्रसित बनाएको छ ।छोराछोरीहरू समेत आफ्नी आमाको हत्या गर्ने बुबालाई देखेर तर्सिने गरेको उनले बताइन् ।

परिवारका एक सदस्यले छोरी एभाले लेखेको पत्र पढेर सुनाउँदा फ्लिन अनियन्त्रित रूपमा डाको छोडेर रोएका थिए । एक पटक त उनी लड्नै लागेको जस्तो देखिएको थियो । ‘ममी एकदमै राम्रो मान्छे हुनुहुन्थ्यो । साह्रै नै राम्रो मान्छे । उहाँले तपाईंलाई त्यति धेरै घृणा गर्ने गरी के नै गर्नुभएको थियो र ?’ एभाको पत्रमा भनिएको थियो । अर्की छोरी एलिसाले भने आफू बाउलाई भेट्न जेल नजाने बताएकी थिइन् ।

अन्तिम बहसका क्रममा डेटन शहरको उत्तरी उपनगर टिप सिटीस्थित आफ्नै घरमा पत्नीलाई गोली हान्दा फ्लिन विवाह बन्धनबाट मुक्त हुन चाहेको सरकारी वकिलहरूले न्यायाधीशलाई बताएका थिए । घटनाको अघिल्लो रात उनले आफ्नी प्रेमिकालाई मेसेज पठाउँदै भनेका थिए, ‘मैले तिमीलाई रोजेको छु । म स्वतन्त्र छु । कदमहरू भोलि चालिनेछन् ।’

मुद्दाको सुनुवाइका क्रममा अलेघिया बोटनरले सन् २०२२ मा चर्चमा २० वर्षको इन्टर्न छँदा फ्लिनलाई भेटेको र उनीसँग एक वर्षभन्दा बढी समय प्रेम सम्बन्धमा रहेको बयान दिएकी थिइन् । उनले फ्लिनले आफ्नी पत्नीलाई घृणा गर्ने र हत्या गर्ने सोच बनाएको जुरीसमक्ष बताएकी थिइन् ।

एश्लेको हत्यामा प्रयोग गरिएको बन्दुक घटनास्थलमा भेटिएको थिएन र उनका वकिलले घटनाको दिन केलेब फ्लिनले बन्दुक चलाएको कुनै प्रमाण अनुसन्धानकर्ताहरूले नभेटेको जुरीलाई बताएका थिए । तर, सरकारी वकिलहरूले उनको औंठाछाप र डीएनए घटनास्थलमा फेला परेको तथा गोली हानिएका बेला आफू सुतिरहेको दाबी गरे तापनि उनको डिजिटल उपकरणले उनी घरवरिपरि हिंडडुल गरिरहेको देखाएको बताए ।

अदालतले उनलाई हत्या, गम्भीर आक्रमण गरेको प्रमाण मेटाउने प्रयास (ट्याम्परिङ विथ एभिडेन्स) सहित धेरै अभियोगहरूमा दोषी ठहर गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL