Uncategorized Tuesday, 22 Sep, 2026
Prestige Media

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा

प्रहरीले दिउँसो आगजनी गरिएको बसका चालकको साथबाट काभ्रेको पनौती ठेगाना भएको २३ वर्षीय दावा लामाको लाइसेन्स फेला पारेको जनाएको थियो । लाइसेन्समा प्रयोग भएको नम्बरमा सम्पर्क गर्दा भने उनले आफू सकुशल भएको बताएको प्रहरीले बताएको छ ।

ट्राफिक प्रहरीसँगको विवादपछि सोमबार दिउँसो बसभित्र आगो लगाएका व्यक्तिको पहिचानलाई लिएर प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

प्रहरीले घटनालगत्तै सञ्चारकर्मीहरूसँग चालकको साथबाट फेला परेको कागजातका आधारमा उनी काभ्रे, पनौती ठेगाना भएको २३ वर्षीय दावा लामा भएको बताएको थियो । ‘उपचार गराउने क्रममा समेत उहाँले दावा लामा बताउनुभएको थियो,’ ट्राफिक प्रहरीका एसपी नरेशराज सुवेदीले भने । 

तर, प्रहरीले लाइसेन्समा प्रयोग भएको नम्बरमा सम्पर्क गर्दा उनले आफू सकुशल भएको बताएका छन् । ‘अहिले लाइसेन्सबारे नै अनुसन्धान गर्नुपर्ने देखियो,’ उनले कान्तिपुरसँग भने, ‘विस्तृतमा बुझ्ने काम गरिरहेका छौं ।’ घाइते व्यक्तिको परिवारसँग कुरा हुँदा समेत उनी दावा नभएको खुलेको प्रहरीको भनाइ छ । 

प्रहरीले सम्पर्क गरेको दावालेचाहिँ आफ्नो लाइसेन्स हराएको बताएका छन् । प्रहरीले उनको एकिन पहिचान खुलाउने प्रयास गरिरहेको बताएको छ । त्रिपुरेश्वरमा भएको यो घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समितिसमेत बनाएको छ । 

गम्भीर घाइते चालकको आगलागीमा परेर शरीरको ९० प्रतिशत भाग जलेको छ । बा २ ख ४२७४ नम्बरको गाडीका ती चालकलाई आगजनीपछि उद्धार गरिएको थियो भने दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रहरीसँग हामीले घाइते चालकको नाम र परिचयबारे सोध्यौँ । प्रहरीका एक अधिकारीले भने परिचय द्विविधा भएकाले अनुसन्धान सकिएपछि मात्र विस्तृत विवरण बताउने बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL