Uncategorized Monday, 21 Jul, 2025
Prestige Media

नेप्से २१.७६ अंकले बढ्यो

आज नेप्से परिसूचक २१.७६ अंक बढेर २८९२.७२ विन्दुमा पुगेको छ । यसदिन नेप्सेमा कारोबारमा आएकामध्ये १५३ कम्पनीको शेयर मूल्य बढ्दा ९६ कम्पनीको घटेको छ । यस दिन सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन विकास बैंक, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे २१ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL