Uncategorized Tuesday, 22 Sep, 2026
Prestige Media

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा

भोटेकोशीमा बाढी आएको २७ दिन बित्दा पनि अझै नुवाकोट र रसुवा सिधा सडक सम्पर्कमा जोडिन सकेका छैनन् । यस क्षेत्रका स्थानीय वैकल्पिक मार्गका रूपमा रहेका कच्ची सडक छिचोल्दै रसुवा सदरमुकाम धुन्चे पुगिरहेका छन् । दुई जिल्लाबीच सहज सडक पहुँच नहुँदा खाद्यान्न ओसारपोसारदेखि आउजाउमा कठिनाइ भएको छ । 

सडक विभागले भने गल्छीदेखि रसुवागढी नाकासम्मकै सडकको ट्र्याक दसैंअघि नै खुलाउने गरी काम भइरहेको जनाएको छ । अहिले गल्छीदेखि बेत्रावतीसम्मको ३५ किमिको विभिन्न खण्डमा कालोपत्रे सडक त्रिशूली नदीले कटान गरेको छ । 

ती स्थानमा अहिले एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ । गल्छीबाट देवीघाटतर्फ लाग्दै गर्दा कोल्पु खोलाको पक्की पुल बाढीले कोल्ट्याइदिएको छ । जहाँ काठको मुढाले पुल अड्याएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । उक्त पुल मर्मत गर्ने गरी ठेक्का लगाइसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

कोल्पु पुलबाट देवीघाटतर्फ लाग्दै गर्दा ठूलो खोलाको पुल बाढीले पुरेको छ । र, गेग्य्रान पन्छाएर सवारी सञ्चालन गरिएको छ । यो ठाउँमा खोलो पुलमाथिबाटै बगेको छ । ‘यो ठाउँमा दलदलले गर्दा गेग्य्रान हटाउने क्रममा पटक–पटक मेसिन फसे । अहिले प्रारम्भिक चरणमा मात्र सडकको कनेक्टिभिटी जोड्ने काम भएको छ,’ सडकको अवस्था बुझ्न आइतबार नुवाकोट पुगेका महानिर्देशक जैसीले भने, ‘सडक सहज बनाउन थप काम गर्दै छौं ।’ ठूलो खोला पुलको थप गेग्य्रान पन्छाएर मुनिबाट पानी पठाउने तयारी भइरहेको उनले सुनाए ।

यस्तै रातामाटे खण्डमा सय मिटर सडक बाढीले बगाएपछि भित्तो काटेर यातायात सञ्चालन गरिएको छ । तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रो ब्रिज जडान गरिएसँगै देवीघाट सडक सम्पर्कमा जोडिएको छ । ढुंगे बजारबाट कोलनी जोड्ने गरी त्रिशूली नदीमा बेलिब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले जनाए । यसका लागि कार्यालयका प्राविधिकले अध्ययन गरिरहेका छन् । ‘यो ठाउँमा ७० मिटरको बेलिब्रिज लाग्छ । यसमा सडक विभागले बेलिब्रिज उपलब्ध गराउने र विदुर नगरपालिकाले यसको जग तथा जडानको काम गर्ने गरी छलफल भएको छ,’ उनले भने, ‘उक्त ठाउँका लागि बेलिब्रिजको डिजाइन भइरहेको छ ।’ धेरै ढिला नहुने उनले सुनाए ।

‘कतै पुल बगेर त कतै मुख्य सडक नहुँदा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सुरु गरिरहेका छौं,’ शर्माले भने, ‘त्यस्ता मार्गलाई थप सुधार गर्दै लग्छौं ।’ ढुंगे बजारदेखि नुवाकोट–रसुवाको सीमा क्षेत्र बेत्रावतीसम्म १० किलोमिटर छ । अहिले यस खण्डअन्तर्गत उत्तरगया पब्लिक स्कुल नजिकको ३ सय मिटर भीरका कारण दुई जिल्लाबीच सडक कनेक्टिभिटी पुर्‍याउन समस्या भएको हो ।

अहिले उक्त भीरमा नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक योजना कार्यालयका योजना प्रमुख कृष्णनाथ ओझाले बताए । ‘सोमबार विस्फोट गराएर भीरमा सडकको ट्र्याक खोल्ने काम अघि बढाएका छौं,’ उनले भने, ‘अबको तीन दिनभित्र ट्र्याक खोलेर गाडी चल्ने बनाउँछौं ।’ ट्र्याक खोलेपछि फलाखु खोलामा जडान गर्ने बेलिब्रिज लगिने उनले सुनाए । भीरले गर्दा साढे १७ किलोमिटर कालोपत्रे र कच्ची सडक छिचोल्दै सडकका प्राविधिक बेत्रावती पुग्ने गरेका छन् ।

यस क्षेत्रको दैनिक जीवनयापनलाई सामान्य बनाउन सडक सञ्चालन एकदमै आवश्यक रहेको रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताए । ‘अहिले सिधा सडक सम्पर्क नहुँदा दैनिक उपभोग्य खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तु तथा सामान ल्याउन कठिन भइरहेको छ,’ उनले भने, ‘सडकको पहुँच भएको ठाउँमा त सजिलै छ, नभएको ठाउँमा समस्या छ ।’ भौगोलिक कठिनाइका कारण ट्र्याक खुलाउन समस्या भइरहेको उनको भनाइ छ । 

नुवाकोट र रसुवा जोड्ने गरी फलाखु खोलामा बेलिब्रिज जोड्ने तयारी पनि छ । अहिले बेत्रावतीबाट पनि भीरतर्फको खण्डमा ट्र्याक खोल्ने काम जारी छ । अहिले फलाखु खोलामा काठको फट्के राखेर स्थानीय ओहोरदोहोर गरिरहेका छन् । बेत्रावतीदेखि रसुवागढीसम्मकै सडकको ट्र्याक खुलाउने योजनाअनुसार काम गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डिङ इन्जिनियर सौजन्य नेपालले जनाए । 

‘फलाखु खोलामा बेलिब्रिज जडान गरेर दुई जिल्लालाई सिधा सडक सम्पर्कमा जोड्ने गरी काम भइरहेको छ,’ सडकको ट्र्याक खुलाउन बेत्रावती पुगेका उनले भने, ‘दसैंअघि नै रसुवागढी नाकासम्म सडकको ट्र्याक खोल्ने योजना छ, त्यसअनुसार प्रयास भइरहेको छ ।’ स्याफ्रुबेंसीतर्फ पनि मेसिन पठाएर ट्र्याक खोल्ने काम अघि बढाइएको उनको भनाइ छ । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL