Uncategorized Monday, 23 Mar, 2026
Prestige Media

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

काठमाडौँ — प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाउने कुनै तयारी छैन । १३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय छ ।

उक्त शपथ समारोहमा छिमेकी देशबाट पाहुना बोलाउने तयारी रहेको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा रहेको छ । तर, परराष्ट्र मन्त्रालयले स्रोतले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रबाट पाहुना बोलाउने गरी कुनै तयारी नभएको बताएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयबाट हुने गरेको छ । राष्ट्रपति कार्यालय स्रोतले पनि शपथ समारोहमा कुनै देशका सरकार प्रमुख वा उनका प्रतिनिधिको सहभागिता रहनेबारे सरकारका तर्फबाट कुनै जानकारी नआएको बताएको छ । 

‘प्रधानमन्त्री कार्यालयबाट १३ चैतमा शपथ हुने सम्मको जानकारी आएको छ । त्यसको तयारीमा राष्ट्रपति कार्यालय जुटेको छ,’ राष्ट्रपति कार्यालयका एक जना अधिकारीले भने, ‘प्रधानमन्त्रीका शपथका बेलामा विगतमा गरिने तयारी नै यहाँबाट भइरहेको छ ।’ प्रधानमन्त्रीको शपथ समारोहमा राष्ट्रपति कार्यालयले बिदा हुनै लागेका प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरु, संघीय संसद्‌का सबै सांसदहरु, संवैधानिक निकायका पदाधिकारी, सचिव, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूलार्य निमन्त्रणा पठाउने गर्छ । यसपटक पनि त्यही अनुसारको तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले पनि शपथ ग्रहण समारोहमा बाहिरबाट अतिथि बोलाउने कुनै तयारी नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको २ सय ७५ सिटमा रास्वपाले १ सय ८२ सिट जितेको छ । रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री भनेर जनतासँग मत मागेको थियो । संसद्‌मा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले आगामी प्रधानमन्त्री शाह बन्ने निश्चितप्राय छ । भारतमा सन् २०१४ मा कांग्रेस सरकारलाई विस्थापित गर्दै भाजपका नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै गर्दा दक्षिण एसियाका देशहरूका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा बोलाएका थिए । त्यसयता उनले आफ्नो तीन वटा शपथ ग्रहण समारोहमा छिमेकी सरकारका प्रमुखहरुलाई बोलाएका छन् । मोदीको तीनवटै शपथ ग्रहण समरोहमा नेपालबाट प्रधानमन्त्रीको सहभागिता रहेको थियो ।

बांगलादेशमा जेन-जी आन्दोलनपछि सत्ता उलटफेर भएको छ । त्यहाँ १८ महिनाको अस्थिरतापछि १२ फेब्रुअरी २०२६ मा आमचुनाव सम्पन्न भएको छ । तारिक रहमानको नतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी दल (बीएनपी) ले दुईतिहाइ बहुमतका साथ भारी मतले जित हासिल गर्‍यो । रहमानको शपथ समारोहमा पनि नेपालले निमन्त्रणा पाएर परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका थिए । नेपालले भने अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको शपथ समारोहमा विदेशबाट अतिथि बोलाएको पाइँदैन । तात्कालीन राजा वीरेन्द्र शाहको २०३२ सालमा भएको राज्याभिषेकको समारोहमा विदेशी पाहुनालाई आमन्त्रण गरिएकोबाहेक प्रधानमन्त्रीको शपथ समारोहमा त्यसरी बाहिरका पाहुनालाई बोलाइएको पाइँदैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनको बिशाल अन्तरले पराजित

नदीहरुमा बाढी आउन सक्ने ,सचेत रहन स्थानीय प्रशासनको आग्रह

टि-२०आई वरियतामा सन्दीप र ललितको सुधार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL