बन्ने भयो ‘लप्पन छप्पन २’

चलचित्र ‘लप्पन छप्पन’को दोश्रो सिक्वेल ‘लप्पन छप्पन २’ बन्ने भएको छ । यो चलचित्रको काठमाण्डौको कमलादी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो । मुकुन्द भट्टको निर्देशनमा बन्ने यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की लगायतको मुख्य भूमिका छ ।
नेपालसहित अस्ट्रेलिया र युरोपमा छायाङ्कन गरिने चलचित्रलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्दै छन् । सह-निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् भने सुरेन्द्र पौडेलको सम्पादन रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
फागुनको ९ गते रिलिज हुने गरी चलचित्र असार ११ देखि फ्लोरमा जानेछ । बक्स अफिसमा त्यति सफलता हात पार्न नसकेकोचलचित्र ‘लप्पन छप्पन’को दोश्रो सिक्वेल ‘लप्पन छप्पन २’ ले कस्तो व्याापार गर्ने हो त्यो त फागुन ९ गते थाहा हुनेछ।







