Exclusive News Wednesday, 13 Mar, 2024
Prestige Media

प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा तेस्रोपल्ट विश्वासको मत लिँदै छन् । फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि २०७९ पुस १० मा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उनले पुस २६ मा संसदमा विश्वासको मत लिएका थियो। त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उनलाई समर्थन गरेका थिए। त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए। त्यसपछि २०७९ चैत ६ मा प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिएका थिए।
अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिन लिन लागेका हुन्। हाल प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ। प्रतिनिधिसभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । ५ दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जसमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद रहेका छन्।

View Post

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL