Exclusive News Saturday, 16 Dec, 2017
Prestige Media

चार महिनामा बढ्यो ११.८८ प्रतिशत व्यापार घाटा

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा प्रतिशतले बढेको छ। भन्सार विभागले चालू आवको कात्तिक मसान्तसम्म तीन खर्ब १० अर्ब रुपैयाँ व्यापार घाटा भएको जानकारी दिएको छ। निर्यातको तुलनामा आयात उच्च भएका कारण व्यापार घाटा चुलिएको हो।

यो अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब रुपैयाँको सामान आयात र २६ अर्ब ३७ करोडको सामान निर्यात गरेको छ। आयात व्यापारमार्फत सरकारले यो अवधिमा ८६ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यो अवधिमा एक सय २७ देशसँग व्यापार गरेको नेपाललाई १९ देशसँग मात्र व्यापार नाफा भएको छ। नेपालले यो अवधिमा ४५ अर्ब ५८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। यसका अलावा बिजुलीका सामान, गाडी, फलाम र स्टिलको कच्चा पदार्थको आयात उच्च छ।

नेपालबाट चिया, कफी, ऊनी गलैंचालगायत सामान निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा नेपाललले तीन खर्ब एक अर्ब रुपैयाँको सामान आयात गरेको थियो। नेपालबाट २४ अर्ब ४९ करोडको सामान निर्यात भएको थियो। आयातमा आएको वृद्धिसँगै आयातनिर्यात अनुपात पनि यस अवधिमा भारतबाट मात्रै दुई खर्ब १८ अर्ब रुपैयाँको सामान आयात भएको छ। नेपालबाट भारतमा भने १४ अर्बको समान निर्यात भएको छ। नेपाल र भारतबीचमा मात्रै दुई खर्ब चार अर्ब रुपैयाँको व्यापार घाटा भएको देखिन्छ।

चीनसँग ४२ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ। यो अवधिमा चीनबाट ४३ अर्ब एक करोडको सामान आयात र ६९ करोड रुपैयाँको सामान निर्यात भएको छ। गत आवमा व्यापार नाफामा रहेको अमेरिकासँग चालू आवको पहिलो चार महिनामा चार करोड ७२ लाखको व्यापार घाटा भएको छ।

source : annapurnapost

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

युक्रेनसँगको युद्धमा साढे ७ लाख रूसी सैनिक मारिएको अनुमान

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL