Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

आर्थिक कूटनीतिको विस्तारका लागि आग्रह

काठमाडौँ, १४ पुुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक पहलमार्फत देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्ने काममा लाग्न नेपाली नियोग र अन्य सरकारी संयन्त्रलाई निर्देशन दिनुभएको छ ।

उच्चस्तरीय आर्थिक कूटनीति सञ्चालन तथा अनुगमन समितिको आज परराष्ट्र मन्त्रालयमा बसेको बैठकमा मन्त्री डा महतले आर्थिक कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउने काममा परराष्ट्र मन्त्रालयको समन्वयमा सम्बद्ध सबै सरकारी निकाय सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उक्त बैठकमा मन्त्री डा महतले भन्नुभयो, “नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा नै केन्द्रित हुँदा पनि कुन क्षेत्रलाई लक्ष्य गर्ने र हाम्रो प्राथमिकता के हो भन्ने पहिचान स्पष्ट रुपमा हुनु जरुरी छ ।” बैठकमा सहभागी विभिन्न मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्र एवम् लगानी बोर्डका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री डा महतले नेपालमा लगानीका लागि वदेशी लगानीकर्ताले पनि कुन क्षेत्रमा र कहाँ सम्भावना देखेको छ त्यसलाई सहजीकरण गरिदिने काम हाम्रो हो भन्नुभयो ।

लगानी र निर्यातजस्ता विषयमा राष्ट्रिय हित र हाम्रो स्वार्थका प्राथमिकता के हुन् भन्ने बारेमा सरकारी सम्बद्ध संरचनाले मार्ग पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक कूटनीतिको अवधारणालाई सही र चुस्त रुपमा प्रयोगमा ल्याउन सकिएमा नेपालको समृद्धिको बाटो खुल्ने भएकाले परराष्ट्र मन्त्रालयको संयोजनमा देशका यस क्षेत्रका सम्बद्ध निकाय र संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा मन्त्री डा महतले जोड दिनुभयो ।

बैठकमा परराष्ट्र सचिव शङ्करदास वैरागीले बढ्दो व्यापार घाटा कम गर्न र देशमा वैदेशिक लगानी भित्र्याउन आर्थिक कूटनीतिको प्रयोगलाई विस्तार गर्नुपर्ने बताउनुभयो ।

यसैबीच आजैको सो बैठकले आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी भित्र्याउने विषयमा नेपालले कुन कुन क्षेत्रलाई प्राथमिकता दिने र रणनीति तय गर्ने भन्ने बारेको पहिचान गरी कार्य प्रणालीसमेत निर्माण गर्न परराष्ट्र मन्त्रालयको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

सो कार्यदलमा श्रम, अर्थ, पर्यटन र वाणिज्य मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, चेम्बर अफ कमर्स र लगानी बोर्डका प्रतिनिधि रहने छन् । कार्यदलले एक महिनाभित्र यस्तो लगानीको सम्भावना र नेपालका प्राथमिकताका साथै नेपालले गर्न सक्ने निर्यात प्रवद्र्धनका कार्यका बारेमा अध्ययन गरी सिफारिस गर्नेछ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL