अर्थ बाणिज्य / समाज Friday, 17 Nov, 2017
Prestige Media

महाँकालमा राष्ट्रिय पोसाक घोषणा

मंसिर १, २०७४-महाँकाल गाउँपालिकाको औपचारिक पोसाकमा बिहीबार राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरिएको छ । महाँकाल गाउँपालिका र श्रद्धावान् नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

राष्ट्रिय पोसाक घोषणापछि अब गाउँमा हुने औपचारिक कार्यक्रममा अनिवार्य दौरा–सुरुवाल, टोपी र गुन्युचोली लगाउनुपर्नेछ । गाउँपालिकाले राष्ट्र र राष्ट्रियतालाई आत्मसात् गरी राष्ट्रको सान, पहिचानलाई जगेर्ना गर्न उक्त घोषणा गरिएको सहभागीले बताएका छन् । मुलुकको सिंगो पहिचान र राष्ट्रियता बोकेको पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोलीलाई संरक्षण गर्दै यस गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरूले जाति, धर्म र क्षेत्रभन्दा माथि उठी बिहीबार अनिवार्य रूपमा राष्ट्रिय पोसाक लगाउने तथा संरक्षण गर्ने घोषणा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानसेनापति महारथी रुक्मांगद कटवालले दौरा सुरुवाल, टोपी र गुन्युचोली हराउँदै जानु भनेको

मुलुकको राष्ट्रियता लोप हुनुसरह भएको बताए । ‘मुलुकको पहिचान गुम्नु भनेको राष्ट्रियता गुम्नु हो,’ उनले भने, ‘राष्ट्रिय पोसाक हाम्रो संस्कृति पनि हो, यसलाई संरक्षण संवद्र्धन गर्नुपर्छ ।’

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले धेरै समयको प्रयासपछि महाँकाललाई राष्ट्रिय पोसाक घोषणा गर्ने अवसर मिलेको बताए । ‘यो कुनै जातीयतासँग सम्बन्धित छैन,’ उनले भने, ‘नितान्त राष्ट्रियतासँग सम्बन्धित छ ।’ श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द मानव्यले मुलुकको इतिहास र पहिचान बोकेको राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली पुर्खाहरूको वीरताको चिनो भएको बताए । ‘यो हाम्रो ऐतिहासिक सान, मान र सम्मान हो,’ उनले भने ।

source; kantipur

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL