तपाईंको राशिफल Sunday, 12 January 2025
Rasifal wsdww
आजको पञ्चाङ्ग
 वि.सं. २०७६ साल साउन ७ गते  मंगलबार। इ.स. २०१९ जुलाई महिनाको २३ तारिख। शकसंवत् १९४१। परिधावी नाम संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। षष्ठी, १२:३० उप्रान्त सप्तमी। नक्षत्र– उत्तरभाद्रपदा, १०:४८ बजेउप्रान्त रेवती। योग– अतिगण्ड, ६:५४ बजेउप्रान्त सुकर्मा। करण– वणिज, १२:३० बजेदेखि भद्रा, २५:१६ बजेउप्रान्त वव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:२३ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३३ घडी ५ पला। पञ्चक। सर्वार्थसिद्धि योग १०:४८ बजेसम्म।
ज्योतिष तथा वास्तुबिद -
आत्माराम खनाल
सम्पर्क नम्बर- ९८४११८५२०४ , ०१-४०१५५७९
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    साहित्यक र कला जन्य कार्यमा समय बित्नेछ । विशिष्ट र लब्ध प्रतिष्ठित व्यक्तिको सहयोग मिल्नेछ ।  आँटेको कार्यहरु  सहजै पुरा हुनेछन ।

  • वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    शिक्षा  क्षेत्र मा  सफलताको योग छ । नबिन कार्यको थालनी हुनेछ । मनोरंजन पूर्ण यात्राको सम्भाबना छ  ।  खर्चको मात्रा भने बढ्न सक्छ।

     

     

     

  • मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    मेहनतले सफलता प्राप्त हुने योग छ । समानित व्यक्तिको सहयोग ले मन प्रसन्न हुनेछ । सन्तान सुख वा सन्तान बाट सहयोग मिल्नेछ ।

     

  • कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    मांगलिक कार्यमा समय बित्नेछ । रोकिएका अधुरा कार्यहरु सुरु हुनेछन । बोलीको प्रभाबद्वारा महत्वपूर्ण व्यक्तिको मन जित्न सकिनेछ ।

     

  • सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    गित संगीत र साहित्यिक कार्यमा दिन बित्नेछ । अरुलाई बिशेष रुपमा प्रभावित पार्न सकिनेछ । कठिन चुनौतीलाई सहजै पार लगाउन सकिनेछ ।

     

     

     

     

     

     

  • कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आजको दिन बिशेष गरि खर्चिलो रुपमा बित्नेछ । खर्चका बाबजुत कार्य सफल हुन मुस्किल पर्नेछ । खराब व्यक्तिको संगत मा पर्न सकिने सम्भाबना भएकोले  सचेत रहनु नै बुद्धिमानी हुनेछ ।

     

     

     

  • तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आजको दिन बिशेष गरि स्वास्थ्य सम्बधि कुरामा सचेत रहनुहोला । घाउ चोट पटकको सम्भाबना छ । पारिबारिक र आर्थिक झमेलामा परिन सक्छ ।

     

     

     

     

  • वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    मुद्दा मामिलामा बिजयी भयिनेछ । सुभ समाचारले मन प्रसन्न हुनेछ । मनोरंजन मुलक कार्यमा सामेल भइनेछ ।

     

     

     

  • धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज गर्नु पर्ने कार्यमा अत्यधिक मेहनत लाग्नेछ । परिस्थिति जन्य झुट बोल्नु पर्ने हुन सक्छ। अत्यन्त बोझिलो र छटपटाहटपूर्ण रुपमा दिन बित्नेछ ।

     

     

     

     

     

     

     

  • मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    मित्रजनको सहयोग मिल्नेछ । बैदेशिक क्षेत्रसंग सम्बन्धित कार्यहरु अगाडी बढ्नेछन ।मिष्ठान्न भोजनको योग छ।

     

  • कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    विशिष्ट व्यक्तिको साथमा नया कार्यको थालनी हुनेछ । ब्यापार ब्यबसाय जन्य कार्यमा सफलता मिल्नेछ । आँटेका कार्यहरु सहजै पुरा हुनेछन ।

     

     

     

     

  • मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    मेहेनत र लगनशिलताले कार्यहरु अगाडी बढ्नेछन । धार्मिक सामाजिक कार्यमा मन लाग्नेछ । मध्यान्ह पछिको समयमा  बिशेष सुभ फल प्राप्त हुनेछ ।

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

  • वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

  • मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):

  • कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

  • सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

  • कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

  • तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

  • वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

  • धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

  • मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

  • कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

  • मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

  • वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

  • मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):

  • कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

  • सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

  • कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

  • तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

  • वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

  • धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

  • मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

  • कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

  • मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

  • मेष : Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    आफ्ना लागि समय निकाल्दै भविष्यको बाटो निर्धारण गर्नुहोला । आफ्नो कुशलताले अरूलाई मार्गदर्शन गर्नु आफ्ना लागि पनि लाभदायक हुनसक्छ । अरूको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ भने त्यो उत्तरदायित्व निर्वाह गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । यो वर्षले जीवनमा थुप्रै अवसर जुट्नेछ, जसबाट जति लाभ लिन सकियो त्यति राम्रो हुन्छ । आफ्नो काममा केन्द्रित रहनुहोला । अहिले गरिरहेको कामबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बेला आइसकेको छ ।

    कार्यक्षेत्र : कुनै पनि प्रकारका हानिबाट जोगिन निरन्तर सावधान रहनु पर्नेछ । कसैलाई पनि उधारो नदिनुहोला । लिएको उधारो पनि तिरिहाल्नु उपयुक्त हुन्छ ।

    प्रेम : प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर जुटाउनेछ । अविवाहितहरूको विवाह हुनसक्छ ।

    स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पिठ्युँ वा जोर्नीको पीडाबाट पीडितहरूको समस्या बढ्न सक्छ ।

  • वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    व्यवसायिक जीवन सन्तोषजनक रहनेछ भने निजी जीवनमा केही समस्या देखा पर्न सक्छ । अर्काको कुरामा ध्यान नदिएकै राम्रो । आफूलाई जे उचित लाग्छ त्यही गर्दा लाभ हुनेछ । आफ्ना कुरा व्यक्त गर्न अप्ठ्यारो मान्नुहुँदैन । यदि परिस्थिति प्रतिकूल छ भने संयमित रहनुमै लाभ छ । आफ्ना आवश्यकता कमभन्दा कम गर्नुहोला । आफ्नो क्षमतामा शंका नगरी आत्मविश्वासका साथ काम गर्दा लाभ मिल्नेछ । अरूको निन्दा गर्नु उचित हुँदैन । आफ्ना भावना खुलेर व्यक्त गर्दै राम्रो समयको प्रतीक्षा गर्नुमै भलो छ ।

    कार्यक्षेत्र : हाकिमबाट पर्याप्त प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट पूरा सहयोग मिल्नेछ । आफ्नै व्यापार– व्यवसाय प्रारम्भ गर्ने अवसर जुर्न सक्छ ।

    प्रेम : प्रेमी–प्रेमिकासँग रहँदा आफूलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अवगालको सामना गर्नुपर्नेछ ।

    स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पुरानो रोगबाट मुक्ति पाइनेछ । मनलाई शान्त राख्नुहोला ।

  • मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ भने व्यवहारमा नम्रता ल्याउनु उपयुक्त हुन्छ । यदि कसैले चित्त दुखाएको छ भने उसलाई माफी दिनुमै कल्याण छ । यसरी माफी दिंदा आफ्नो मन पनि हल्का हुनेछ । हल्का मनले भविष्यका लागि महत्वपूर्ण निर्णय गर्न सकिनेछ । मेहनत र इमानदारीको फल अवश्य प्राप्त हुनेछ । भविष्यमा फेरबदल गर्नुपर्ने गरी कुनै पनि महत्वपूर्ण योजना नबनाउनु होला । अरूबाट कुनै पनि किसिमको आशा गर्नु उपयुक्त हुँदैन । त्यसले निराशा मात्र दिनेछ ।

    कार्यक्षेत्र : अप्रत्याशित कारणहरूले काममा ढिलाइ हुनसक्छ । व्यर्थको चिन्ता नगरी आफ्नो काममा मेहनत गरिरहे अवश्य सफलता मिल्नेछ ।

    प्रेम : प्रियजनसँग राम्रो समय बिताउने अवसर जुट्नेछ । स–साना कुराप्रति बे–वास्ता गर्नुहोला । आफ्नो मनलाई नियन्त्रणमा राख्नुपर्ने समय छ ।

    स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । कुनै रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सुझावअनुसार दैनिकी निर्धारण गर्नु लाभदायक हुन्छ ।

  • कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    सकारात्मक सोच एवं दृष्टिकोण कायमै राख्नुहोला । मेहनतको फल प्राप्त हुनेछ । सुखद् समाचार सुन्न पाइनेछ । निजी समस्या एवं विवाहजस्ता कुरामा कुनै महत्वपूर्ण निर्णय लिनुअघि अग्रज वा विशेषज्ञको सल्लाह लिनु लाभदायक हुन्छ । कुनै पनि प्रकारको तनाव त्याग्नु नै श्रेयस्कर हुन्छ । पुराना कुराहरू बिर्सनुमै कल्याण छ । कुनै पनि काममा हतार नगर्नुहोला । पुराना कुराबाट शिक्षा लिएर नयाँ काममा हात हाल्नु लाभदायक सावित हुनेछ ।

    कार्यक्षेत्र : आफ्नो ध्यान पूर्णरुपले काममा केन्द्रित गर्नुपर्ने समय छ । आफ्नो क्षमताको तुलना अरूसँग नगरी आफैंमा विश्वास कायम राख्नुहोला ।

    प्रेम : प्रियजनसँग आशा राख्नु स्वभाविक हो, तर त्यस्तो आशा व्यवहारिक हुनुपर्छ अन्यथा सम्बन्धमा तिक्तता सिर्जना हुन सक्छ ।

    स्वास्थ्य : स्वास्थ्यका लागि उठाइएका पाइलाहरू सही दिशातर्फ हुनेछन् । कुनै किसिमको अप्ठ्यारो महसुस हुँदा लापरबाही नगरी चिकित्सकसँग परामर्श लिनुहोला ।

  • सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    परिस्थिति अनुकूल रहनेछ । रोकिएका पुराना काम सम्पन्न हुनेछन् । जुन योजनामा मेहनत गरिरहनुभएको छ त्यसले इच्छित फल दिनेछ । कार्यक्षेत्रमा रहँदा पनि परिवारप्रतिको जिम्मेवारी नबिर्सनुहोला । परिवार एवं कार्यक्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने समय छ । यदि परिवारसँग कुनै प्रकारको मतभेद छ भने त्यसलाई कम गर्न पर्याप्त समय दिनुपर्नेछ । मनबाट सबै प्रकारका भय हटाउनुहोस् । त्यसले चाहेजस्तै परिवर्तन ल्याउनेछ ।

    कार्यक्षेत्र : रोजगारीको क्षेत्र परिवर्तन हुनसक्छ, जुन लाभदायक सिद्ध हुनेछ । प्रगति एवं धनलाभको योग छ ।

    प्रेम : प्रियजनसँग आफ्नो मनको कुरा निर्धक्क भएर गर्नुहोस् । प्रियजनबाट सोचेजस्तै सहयोग पाइनेछ ।

    स्वास्थ्य स् सामान्यभन्दा राम्रो रहनेछ । स्वस्थ रहन गरिएका प्रयासहरू

    फलदायी हुनेछन् ।

  • कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    कुनै पनि कुरामा अडेर बस्नुहुँदैन, चाहे त्यो पद, प्रतिष्ठा, धनदेखि लिएर नातागोता नै किन नहुन । व्यर्थको अडान हानिकारक सावित हुनसक्छ । आफूसँग भएको ज्ञान र अनुभव बाँड्दा त्यसबाट लाभ नै हुनेछ । धनहानिको सम्भावना छ । कसैलाई दिइएको ऋण फर्कने सम्भावना कमै छ । नियमित दान गर्नुहोला । आफ्ना विचार एवं अनुभवलाई आफैंमै सीमित नराखी प्रियजनसँग बाँड्दा लाभ हुनेछ । सहनशीलता कायमै राख्नुपर्ने छ । अडियल स्वभाव हानिकारक हुनसक्छ ।

    कार्यक्षेत्र : जुन परिस्थितिबाट जोगिने प्रयास गर्दै हुनुहुन्छ त्यसको सामना गर्नुभयो भने मनमा शान्ति छाउनेछ र त्यसले परिस्थितिलाई पनि अनुकूल बनाउँदै जानेछ ।

    प्रेम : प्रियजनसँग स्पष्ट कुराकानी गर्नुहोला । जबसम्म सम्बन्धमा पारदर्शिता हुँदैन तबसम्म त्यो सम्बन्ध गहिराइसम्म पुग्न सक्दैन ।

    स्वास्थ्य : पुराना रोगहरूबाट मुक्ति पाइनेछ । तैपनि यो वर्ष पेटसम्बन्धी गडबडीको सामना गर्नुपर्नेछ ।

  • तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    कुनै पनि किसिमको मनमुटावबाट निराश हुनु ठीक हुँदैन । आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोला । पुराना कुराहरूमा अलमलिनुभन्दा वर्तमानमा बाँच्ने प्रयास गर्नुमा भलो देखिन्छ । नयाँ अवसरहरू प्राप्त हुँदैछन् जसले जीवनमा प्रगति गराउनेछ । कुनै व्यक्तिसँग कुरा बिग्रिएको छ भने उसलाई क्षमा दिनुमै कल्याण छ । जीवनमा आउने हरेक व्यक्तिले केही न केही सिकाउने प्रयास गर्नेछन् । त्यस्ता व्यक्तिलाई मनमनै धन्यवाद दिनु लाभदायक सावित हुनसक्छ ।

    कार्यक्षेत्र : प्राप्त अवसर गुमाउनु हुँदैन । त्यस्तो अवसर गुमे करियर धरापमा पर्न सक्छ ।

    प्रेम : प्रेममा पर्नुभएको छ भने कुनै पनि कुरा खासगरी विवाहसम्बन्धी निर्णयमा हतार नगरेकै राम्रो ।

    स्वास्थ्य : स्वास्थ्य राम्रो रहनेछ । यदि कुनै समस्या देखियो भने तत्काल चिकित्सकको परामर्श लिनुहोला ।

  • वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    केही समयदेखि चलिरहेको समस्याको समाधान प्राप्त हुनेछ, धैर्यता कायम राख्नुहोला । पुराना कामहरू सम्पन्न भै नयाँ काम प्रारम्भ हुनेछ । कुनै नयाँ व्यक्तिसँगको भेटघाटले जीवनमा ठूलो अर्थ राख्नेछ । खोजिएको कुरा प्राप्त हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनसक्छ । त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला । यदि त्यसो भयो भने जीवनको एउटा पाटो सकिएर अर्को पाटो सुरु हुनेछ जसले तपाईंलाई धेरै कुरा सिकाउनेछ । परिवर्तनका कारण चिन्तित हुनु आवश्यक छैन । आफूलाई परिस्थितिअनुसार ढाल्ने प्रयास गर्नुहोस् ।

    कार्यक्षेत्र : नयाँ योजनामा लगानी गर्ने संसाधन जुट्नेछ । आफूलाई काममा केन्द्रित गर्नुहोला ।

    प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । प्रेममा रहेका अविवाहितहरूको विवाह हुनसक्ने सम्भावना छ ।

    स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । आफ्नो गलाको विशेष ख्याल राख्नुहोला । मौसम परिवर्तन हुँदा केही अप्ठ्यारा देखा पर्न सक्छन् । घरेलु उपचार लाभदायक हुनसक्छ ।

  • धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    यो वर्ष राम्रै राम्रो छ । मनमा कुनै प्रकारको भय छ भने त्यसलाई त्याग्नुहोला । आफ्नो विचार र ऊर्जाले नै आफ्नो परिस्थिति निर्धारण गर्ने भएकाले सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि काम आर्थिक लाभका दृष्टिले भन्दा मनको सन्तुष्टि एवं सामाजिक भलाइका लागि गर्ने हो भने आर्थिक अवस्था पनि सुध्रंदै जानेछ । नातागोताका सम्बन्धमा त्यस्तो कुनै पनि निर्णय नलिनु होला अन्यथा जीवनभर पछुताउनुपर्नेछ । घर तथा कार्यालयमा श्रीयन्त्र राख्दा लाभ मिल्नेछ । नयाँ रोमान्टिक सम्बन्ध प्रारम्भ हुनसक्छ ।

    कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।

    प्रेम : परिवारमा कुनै किसिमको खटपट चलिरहेको छ भने त्यसमा ध्यान नदिनु नै उपयुक्त हुन्छ । त्यसलाई आफ्नो इगोसँग पनि जोड्नु हुँदैन ।

    स्वास्थ्य : स्वास्थ्यले पूरा साथ दिनेछ । बेलाबखत प्राकृतिक वातावरणमा समय बिताउनुहोला ।

  • मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    निजी तथा व्यवसायिक जीवन परिवर्तन गर्ने योग छ । यो परिवर्तन भविष्यका लागि लाभदायक सावित हुनेछ । अनिश्चितता परिवर्तनको अभिन्न अंग हो । यसलाई स्वीकार गर्नुहोला । गृह परिवर्तनको योग पनि छ । कतैबाट ऋण पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा केही तनाव देखिन सक्छ । नआत्तिई समस्याको समाधान खोज्नुहोला । पदोन्नतिका लागि थप मेहनत आवश्यक छ । परिवारबाट पूरा सहयोग पाइनेछ ।

    कार्यक्षेत्र स् हाकिमबाट प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट सहयोग मिल्नेछ ।

    प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । दम्पतीबीचको तालमेल कायम रहनेछ । अविवाहितहरू विवाह बन्धनमा बाँधिन सक्छन् ।

    स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । मौसम परिवर्तनका क्रममा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।

     

  • कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    नचिताएको फल प्राप्त हुनेछ । केही समयदेखि चलिरहेको समस्या समाधान हुनेछ । जीवनमा देखिएका अस्थिरता हटेर नयाँ ऊर्जा सञ्चार हुनेछ । कुनै नयाँ व्यक्तिसँग हुने भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्नेछ । परिस्थितिहरू अनुकूल हुँदै जानेछन् । बितेका कुरा नसम्झनु नै बेस हुन्छ । उन्नतिको अवसर प्राप्त हुनेछ, जसबाट पूरा लाभ उठाउनुहोला । बसोबास परिवर्तन हुनसक्छ । यदि करियरको क्षेत्र परिवर्तन गर्ने अवसर प्राप्त भयो भने तुरुन्तै निर्णय लिनुहोला । नातागोतासँग व्यवहार गर्दा संयमित रहनुहोला ।

    कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान पनि निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।

    प्रेम : अर्काको कुरा सुनेर आफ्नो सम्बन्धलाई प्रभावित हुन नदिनुहोला । कुनै पनि समस्याको समाधान प्रेमी–प्रेमिका दुवै एक ठाउँमा बसेर निकाल्नु उपयुक्त हुन्छ ।

  • मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आफन्तहरूसँग मेलमिलाप बढ्नाले आय आर्जनको काम बढ्न सक्छ । आफ्नो सम्पूर्ण समय काममै व्यतीत गर्नुहुँदैन । त्यसो हुँदा पारिवारिक कलह देखा पर्न सक्छ । मंगलबार हनुमानको उपासना गर्दा लाभ हुन सक्छ । यतिबेला भाग्य अत्यन्त सक्रिय रहेकाले धेरै काम तीव्र गतिमा सम्पन्न हुनेछन् । कार्यक्षेत्र परिवर्तन गर्ने अवसर पनि प्राप्त हुनेछ । नआत्तिई लाभ उठाउनु होला । घरपरिवारमा खुसी बढ्ने देखिन्छ भने सम्पत्ति आर्जनका लागि समय अनुकूल छ । जीवनमा स्थिरता प्राप्त गर्न विचारमा पनि स्थिरता ल्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्दै त्यतिनै काम गर्नु जति आफ्नो शरीरको क्षमता छ ।

    कार्यक्षेत्र : कर्मक्षेत्रमा हाकिम वा सहकर्मीहरूको कुराबाट प्रभावित हुनुहुँदैन, आफ्नो कार्यकुशलतामा कमी आउन सक्छ । सकारात्मक सोच राख्नु होला ।

    प्रेम : प्रियजनसँग भेटघाट भैरहनेछ । अविवाहितहरूले कुनै पनि निर्णय लिँदा आफन्तको सल्लाह लिन बिर्सनुहुँदैन ।

    स्वास्थ्य : तनावबाट जोगिनुपर्छ । ध्यान, योग तथा प्राणायाम लाभदायक हुनसक्छ ।

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL