अर्थ बाणिज्य / समाज Tuesday, 9 Sep, 2025
Prestige Media

विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७६ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ २१ पैसा र बिक्रीदर १६५ रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ४० पैसा र बिक्रीदर १९१ रुपियाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ९८ पैसा र बिक्रीदर १७७ रुपियाँ ७३ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७७ पैसा र बिक्रीदर ९३ रुपियाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९५ पैसा र बिक्रीदर १०२ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८० पैसा र बिक्रीदर ११० रुपियाँ २६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३९ पैसा र बिक्रीदर ३३ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०१ पैसा र बिक्रीदर १५ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १३ पैसा र बिक्रीदर २२ रुपियाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ०९ पैसा र बिक्रीदर १८ रुपियाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ३७ पैसा र बिक्रीदर ४६३ रुपियाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६२ पैसा रहेको छ ।भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL