अर्थ बाणिज्य / समाज
Monday, 15 Sep, 2025
दसैँका लागि नयाँ नोट सटही सुरु
नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।
राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गरिएको छ । उहाँले भन्नुभयो, “नोट सटही सुरु भएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क र प्रदेश कार्यालयहरुबाट वितरण भइरहेको छ ।







