कला / साहित्य Wednesday, 23 Jul, 2025
Prestige Media

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।  

आयोगका सूचना अधिकारी एकनारायण शर्माले सङ्घीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको जानकारी दिनुभयो ।  

आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा  विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने छ । अदालतको आदेश/फैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ । शर्माका अनुसार पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुने छ । 

लोक सेवा अयोग  नियमावली, २०७९ (संशोधन सहित) नियम २३ क को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन  प्रकाशन गर्ने सङ्गठित संस्थाका लागि अप्राविधिकतर्फका सहायकस्तर द्वितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो । 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । असोजको अन्तिम बुधबार पहिलो पटक अप्राविधिकतर्फ सहसचिव र उपसचिवको विज्ञापन सार्वजनिक गरिने तालिका रहेको उहाँ बताउनुहुन्छ ।  

सङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL