कला / साहित्य Monday, 9 Jun, 2025
Prestige Media

पोर्चुगललाई दोश्रो पटक युइएफए नेसन्स लिग उपाधि

युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो ।

पोर्चुगलले दोस्रो पटक यस उपाधि जितेको हो । यसअघि पोर्चुगलले सन् २०१९ मा उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा पेनाल्टीमा पुगेर पोर्चुगल भाग्यमानी बन्यो ।

पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्नुभयो । यस्तै स्पेनका लागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गर्नुभयो ।

अल्भारो मोराटाको प्रहारलाई पोर्चुगलका गोलरक्षक डियगो कोस्टाले विफल पार्नुभएको थियो । यसअघि २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । तर स्पेनको त्यो अग्रता लामो समय टिकेन ।

२६औँ मिनेटमा नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याउनुभयो । ४५औँ मिनेटमा मिकेल ओयर्जबालले गोल गर्दै स्पेनले २–१ को अग्रता प्राप्त गरेको थियो । 

त्यसपछि क्रिस्टियानो रोनाल्डोले ६१औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउनुभयो । त्यसपछिको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL