Exclusive News
Sunday, 4 Aug, 2024
आश्माले जितिन् मिस नेपालको उपाधि
काठमाडौं–सन् २०२४ को मिस नेपालको उपाधि आश्माकुमारी केसीले जितेकी छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई विजेता घोषित गरिएको हो। मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन्। अन्य विधामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द इयर, दीक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्।
हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारे।