लिग २ क्रिकेट : करणको शानदार प्रदशनमा नेपालको कीर्तिमानी जित
१९ जेठ, काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।

नवौँ नम्बरमा ब्याटिङ गरेका करणले अविजित ६५ रन बनाएपछि लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । करणले ४१ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा अविजित ६५ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
पालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको सबैभन्दा सफल रन चेज थियो ।
१९२ रनमा ७ विकेट गुमाएको अवस्थामा करण र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुल्सनले ३० बल खेल्दै ३ चौका र ३ छक्का मदतमा ४२ रन योगदान गरे ।







