कला / साहित्य
Sunday, 1 Jun, 2025
वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो ।
७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित हुनुहुन्थ्यो ।
रसिककी एक मात्र सन्तान बिदेशमा रहेकाले फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।







