अचम्म संसार Friday, 27 Sep, 2019
Prestige Media

श्रीमानले अत्यधिक माया गरेको,भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’ ।।

एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् ।

‘चिनी पनि धेरै खाए तितो हुन्छ’ यो भनाईलाई यसले पुष्टि गर्छ । एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् । उनलाई श्रीमानको अत्यधिक माया पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको बताइन् ।

‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन्,’ उनले भनिन् । ‘मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन् । ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए । श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिन्छ ।

श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीससामू स्विकार गरे । एकपटक श्रीमतीले उनको तौल बढेको बताएपछि डाइटिङ र अत्यधिक व्यायाम गरेर तौल घटाएको बताए । यतिबेला उनको खुट्टासमेत भाँच्चिएको उनले बताए । उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् ।

‘विवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ ती युवकले भने । अदालतले यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ ।

ratopati

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL