अचम्म संसार
Friday, 26 Jan, 2024
नयाँ बानेश्वरमा भासियो सडक, फस्यो गुडिरहेको बस
काठमाडौं– नयाँ बानेश्वरमा सडक भासिएपछि त्यसबारे बुझ्न सडक डिभिजन काठमाडौंको टोली परिचालन भएको छ।
आज बिहान बानेश्वरको अकासे पुल नजिकै बा३ख ३७६२ नम्बरको बस गुडिरहँदा भासिएको सडकमा फसेको थियो।
सडक भिडिजन काठमाडौंबाट इन्जिनियर अर्जुन नेपालीसहित सब–इन्जिनियर र ओभरसियर गरी ३ जनाको टोली अध्ययनका लागि गएको डिभिजनका सूचना अधिकारी प्रमोद खतिवडाले बताए।
‘इन्जिनियसहितको टोली गएको छ। स्थलगत अध्ययन गरेपछि मात्रै के कारणले सडक भासिएको भन्ने थाहा हुन्छ,’ सूचना अधिकारी खतिवडाले भने, ‘विद्युत् तार, खानेपानी र ढलका पाइप जमिनमुनि राखेर सडक निर्माण बलियो नबनाउँदा पनि भासिने समस्या हुन्छ। त्यो अध्ययनले देखाउनेछ।