प्यान नम्बर लिने करदाता ५९ लाख नाघे
काठमाडौं–नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको अर्थ मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको हो।
अघिल्लो आव २०७९÷८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो।
६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको मन्त्रालयले जनाएको छ।
पुस मसान्तसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या १९ लाख ३६ हजार ५ सय ८८ पुगेको छ।
व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ३९ लाख ५० हजार ३ सय ५ पुगेको छ। कर कट्टी गर्ने निकायले लिएको प्यान नम्बर ३१ हजार ६९ पुगेको छ।
पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता संख्या ३ लाख २२ हजार २ सय ६ छन्।
अन्तःशुल्क दर्ता १ लाख २२ हजार ३ सय ७७ पुगेको छ।