अचम्म संसार Thursday, 2 Jun, 2022
Prestige Media

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमबीचको बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए । तर निक र रेबेकाबीच बिहे भएको नदेखिकनै उनीहरू आ-आफ्नो घर फर्किनुपर्‍यो ।

बिहेको दिन एउटा अनौठो घटना भयो जुन पाहुनाहरूले कल्पना पनि गरेका थिएनन् होला सायद । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो ।

तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भयो । जसका कारण पाहुनाहरू उपस्थित भएपछि अन्तिम समयमा बिहे नै रद्द गर्नुपर्‍यो ।

आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेका बताउँछिन् ।

रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै उनको बच्चा जन्मियो ।

द मिररका अनुसार बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भयो । रेबेकाले आफ्नो बिहेको दिन जन्माएको छोराको नाम इयान विलियम चीथम राखिएको छ ।

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL