Breaking News Friday, 19 Jun, 2026
Prestige Media

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

क्यानडाले विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्दै कतारलाई ६-० को विशाल अन्तरले पराजित गरेको छ।

तर, यो ऐतिहासिक जितको खुसीयालीमा स्टार मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटले केही ओझेल पारिदिएको छ। आफ्ना मुख्य खेलाडी घाइते भएपछि क्यानडाका प्रशिक्षक जेसी मार्श मैदानमै भावुक हुँदै रोएका थिए।

क्यानडाले विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्दै कतारलाई ६-० को विशाल अन्तरले पराजित गरेको छ।

तर, यो ऐतिहासिक जितको खुसीयालीमा स्टार मिडफिल्डर इस्माइल कोनेको गम्भीर चोटले केही ओझेल पारिदिएको छ। आफ्ना मुख्य खेलाडी घाइते भएपछि क्यानडाका प्रशिक्षक जेसी मार्श मैदानमै भावुक हुँदै रोएका थिए।

भ्यानकुभरमा भएको खेलमा क्यानडा ३-० ले अगाडि रहेको बेला कतारका असिम मदिबो र क्यानडाका कोनेबीच बल खोस्ने क्रममा ठूलो टक्कर भएको थियो। कोनेलाई निकै बेर मैदानमै उपचार गरी स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो। सुरुमा पहेँलो कार्ड पाएका कतारी खेलाडी मदिबोलाई भिडियो असिस्टेन्ट रेफ्रीको जाँचपछि रातो कार्ड दिइएको थियो।

मैदान बाहिर लैजाँदै गर्दा क्यानडाली समर्थकहरूले कोनेको नाम लिएका थिए। पीडा कम गर्ने औषधि खाइरहेका कोनेले स्ट्रेचरबाटै हात हल्लाएर समर्थकहरूलाई सम्बोधन गरेका थिए। यो जितसँगै क्यानडा नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ, तर कोनेको चोटले टोलीलाई आगामी खेलहरूमा ठूलो झट्का लाग्न सक्छ।

क्यानडाका लागि काइल लारिनले १६ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलमा जोनाथन डेभिडले सानदार प्रदर्शन गर्दै ह्याट्रिक पुरा गरे। उनले खेलको २९ औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र खेलको अन्तिम समयमा गोल गरेका थिए।

कतारका लागि खेल निकै चुनौतीपूर्ण रह्यो। ३३ औँ मिनेटमै होमाम एल अमिनले रातो कार्ड पाएपछि कतार १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफमा मदिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा मात्रै खुम्चिन पुग्यो।

खेलको ६४ औँ मिनेटमा नेथन सालिबाले फ्रि-किकमार्फत गोल गरेपछि उनले घाइते साथी कोनेको जर्सी उचालेर सम्मान प्रकट गरेका थिए। ७५ औँ मिनेटमा कतारका मोहम्मद अल मन्नाईले आत्मघाती गोल गरेपछि क्यानडा ५-० ले अगाडि बढ्यो। अन्तमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पुरा गर्दै क्यानडालाई ६-० को विशाल जित दिलाए।

अहिले समूह ‘बी’ मा क्यानडा गोल अन्तरका आधारमा स्विट्जरल्याण्डलाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL