मनोरञ्जन
Sunday, 7 Apr, 2019
माया त लाउने हो भन्दै दीलिप र मरिष्का (भिडियो)
‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सार्बजनिक गरिएको हो ।शंकरलाल श्रेष्ठको स्वर रहेको उक्त गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ ।काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् ।गीतको भिडियोमा चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् ।







