बिरामी यात्रु सडकमै अलपत्र छाडेको विषयमा यसो भन्छन् ट्याक्सी चालक(भिडियो )
आफ्नो ट्याक्सीमा चढेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउने ट्याक्सी चालकको कर्तव्य हो ।
यदि यात्रु विरामी परे परिवारलाई खबर गर्नू, अस्पतालसम्म पुर्याउने उनकै जिम्मेवारी हुन्छ । कतिपय बेला ट्याक्सी चालकले सवारीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गरेका उदाहरण पनि छन् । तर, काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुलाई हृदयघात भएपछि अस्पताल पुर्याउनु त परको कुरा जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छाडेका छन् ।
उनले मानवीयता समेत भूलेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ । त्यसकै आधारमा प्रहरीले बा १ ज ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
छोरा प्रविणले उनलाई ट्याक्सीमा चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । तर, ट्याक्सी चढेको २० मिनेटभित्र रञ्जितलाई रोगले च्याप्छ ।
त्यो देखेका आत्तिएका ट्याक्सी चालकले उनलाई नजिकै रहेको अस्पताल लानुको साटो जबरजस्ती ट्याक्सीबाट निकाल्छन् । केहीवेरमा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीले उनलाई हेल्पिङ ह्याण्डस् हस्पिटलमा पुर्याउँछन् । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् ।यस बिषयमा के भन्छन् त ट्याक्सी चालकहरु;हेरौ ट्याक्सी चालकको प्रतिकृया







