मनोरञ्जन
Thursday, 26 Jul, 2018
चलचित्र चलाउनका लागि अब नयाँ उपाय ;रेष्टुरेन्टमा वाइफाइको पासवर्ड ‘रामकहानी’
भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को निर्माण टिमले एउटा नयाँ उपाय अपनाएको छ ।त्यो हो तपाई, काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा जाँदै हुनुहुन्छ भने अब तपाइले ‘रामकहानी’ नाम प्रयोग गर्नुपर्नेछ ।
दर्शकसँग प्रत्यक्ष जोडिनका लागि मेकरहरुले रमाइला उपाय अपनाउने क्रममा ‘रामकहानी’को निर्माण टिमले यो उपाय अपनाएको हो ।जसस्वरुप काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा तपाइले वाइफाइको यूजर नेम र पासवर्ड माग्दा Ramkahani पाउनुहुनेछ ।यसले, दर्शकलाई चलचित्रको बिषयमा कौतुहलता हुने निर्माण टिमको विश्वास छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ ।







