मनोरञ्जन
Thursday, 14 Jun, 2018
जय भोले’को गीत रिलिज, ‘उम्लियो भने पोखिन्छ’ भन्दै स्वस्तिमा र सलोन
आगामी दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को गीत सार्वजनिक भएको छ ।राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको पनि आवाज छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।
अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘जय भोले’ खगेन्द्र लामिछानेको पटकथा,पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।







