‘मट्टी माला’को गीत रिलीज (भिडियो)
जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मट्टी माला’को गीत सार्वजनिक भएको छ । सुमन राइको संगीतमा रहेको ‘बेचिदिन्थे यो जवानी’ बोलको गीतमा जनु कम्बङ् लिङ्देनको शब्द,बबिना किराती र बिक्रम राइको स्वर छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की,बुद्धि तमाङ फिचरिङ्ग छन् । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको आईटम डान्स हेर्न सकिन्छ।
टेके पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रलाई प्रवीण राईले निर्माण गरेका हुन् ।लचित्रमा सुमन राईको सङ्गीत,राहुल राईको छायाङ्कन,कविराज गहतराज/ राजेश पुन/ दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ ।पौरखी फिल्मस्को ब्यानरबाट निर्माण भएको चलचित्रमा बुद्धि र रजनीबाहेक प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा, दीपक आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।







