मनोरञ्जन
Monday, 21 May, 2018
यस्तो बन्यो ‘कुम्भ करण’ को ट्रेलर (भिडियो)
आउँदो असार२२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ करण ’को ट्रेलर सार्वजनिक भएको छ ।काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, सस्पेन्स समावेश छन् ।ट्रेलरमा एक स्कुले शिक्षिकाको वरिपरि शिक्षक घुमेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
दिपक ओलीको निर्देशनमा बनेको चलचित्रमा चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मिलन श्रेष्ठको सम्पादन, हरि लामा घलेको छायांकन, सुरेश बसेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीत छ ।आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।







