‘अनुराग’को गीतमा रोमान्टिक बन्दै धमला पत्नी एलिजा
आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण /अभिनय रहेको चलचित्र ‘अनुराग’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा सत्यराज यसआरसीको शब्द, सरोज पोखरेलको सङ्गीत रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर छन् ।
ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।भरत गौतम र गीता भेटवाल निर्माता रहेको चलचित्रमा रामकुमार केसीको छायाङ्कन,विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।एरिका फिल्मस्ले निर्माण गरेको यो चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।







