मनोरञ्जन Friday, 9 Mar, 2018
Prestige Media

फ्राइडे रिलिजःगाजा बाजा, मंगलम र हुर्रेमा कुन हेर्ने ?

तीन नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपनि यस्ता भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । यस्तै,आज शुक्रबारबाट सिनेमा हलहरुमा तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् ।यस अन्तर्गत पीजी सर्टिफिकेटको ‘हुर्रे’, युनिभर्सलको ‘मंगलम’ र एडल्टको ‘गाजा बाजा’ रहेका छन् ।

कुरा गरौ चलचित्र ‘हुर्रे’ को, यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्र ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जे लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यख इंटटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘हुर्रे’लाई अरुण सेढाइँको सह–निर्माण अनि चन्दन दत्तले सम्पादन गरेका छन् । चलचित्रमा राजाराम पौडेल, केकी अधिकारी, अंकित खड्का, अनुपबिक्रम शाही,विजय बराल ,संगीता नापित लगायत कलाकारको मुख्य भूमिका छ ।  हेर्नुहोस् ‘हुर्रे’ ट्रेलर;

यस्तै कुरा गरौ चलचित्र ‘मंगलम’ को,  छविराज प्रोडक्सन र गुण सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्र ‘मंगलम’ मा दिजेन्द्र कायस्थ, साकार ओझा र ओम गुरुङ निर्माताको रुपमा छन् । छविराज ओझाको कार्यकारी निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशक गरेका छन् । चलचित्रमा गोविन्द फुयालको कथा, विष्णु कल्पीतको छायांकन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।चलचित्र ‘मंगलम’ मा साम्राज्ञी राज्य लक्ष्मी शाहको अतिथी भुमिका रहेको छ भने निमात्री तथा नायिका शिल्पा पोखरेल सहित पुष्पल खड्का, पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्माको अभिनय छ । हेर्नुहोस् ‘मंगलम’  ट्रेलर;

यस्तैगरि कुरा गरौ चलचित्र ‘गाँजाबाजा’को, लामो समयदेखि विवादमा रहेको चलचित्र ‘गाँजाबाजा’ पनि आजैबाट हलमा लागेको छ ।र टुका इंटरटेनमेन्ट प्रा.लि र डि.आर फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन छ ।गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी  को निर्माणमा बनेको चलचित्र‘गाँजाबाजा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । चलचित्रमा अनुपम शर्मा, शुशिल सिटौला, बर्षा शिवाकोटी, रबिन थापा, अम्बर सुवेदी लगायतका कलाकारहरुको अभिनय छ ।हेर्नुहोस् ‘गाँजाबाजा’ ट्रेलर;

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL