मनोरञ्जन
Thursday, 8 Mar, 2018
चलचित्र ‘ब्ल्याक’को गीत रिलिज
चलचित्र ’ब्ल्याक’ निर्माण युनिटले पहिलो सांगितिक कोशेली ’चङ्गा जस्तै’ बोलको गीत दर्शकमाझ ल्याएको छ ।जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ’ब्ल्याक’को गीतमा मुख्य अभिनेता आकाश श्रेष्ठसँगै अन्य चार कलाकार फिचर छन् ।गीतमा प्रतिक पौडेलको स्वर अनि शब्द संगीत संयोजन रहेको छ ।रामजी लामिछानेले गीतको कथा सुहाउँदो कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन चन्द्र पन्तको द्वन्द्व निर्देशन,आश्मा पाण्डेको निर्माण रहेको छ।आश्मा फिल्मस प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा आकाशसँगै आँचल शर्मा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनयमा छ । गीत हेर्नुहोस् ;







