युट्युबमा करोडपटक हेरियो मंगलमको ‘पर्ख पर्ख मायालु’,
पछिल्लो समय नेपाली चलचित्रका गीतलाई युट्युबमा दर्शकले अत्याधिक हेर्ने गर्छन ।अझ भनौ दर्शकलाई हलसम्म तान्ने कडीको रुपमा युट्युवमा हालिएको गीतसंगीत अनि प्रचार सामाग्रीको चर्चालाई समेत चलचित्र हिट या फ्लप छुट्याउने प्रचलन सुरु भएको केहि बर्ष भैसकेको छ।

यहि बिचमा फागुन २५ गते शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीतले युट्युवमा करोड बढी भ्युअर्स पाएको छ।पुष्प खड्का र शिल्पा पोख्रेल फिचर भिडियोको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको आवाजमा रहेको छ भने दिपक शर्माको शब्द तथा संगीत रहेको छ। भिडियोमा कविराज गहतराजको कोरोयोग्राफि रहेको छ।
चलचित्रमा शिल्पा पोखरेल, सम्राग्यी राज्यलक्ष्मी शाह, पुष्प खड्का, पृथ्वी राज प्रसाइ, निर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।बिजेन्द्र शाक्य, साकार ओख, ॐ गुरुङको निर्माणमा बनेको चलचित्र ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गरेका हुन्।हेर्नुहोस् चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’बोलको गीत;







