मनोरञ्जन
Tuesday, 6 Mar, 2018
विवाह बन्धनमा बाधिदै नायिका अशिष्मा
नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । अशिष्माले नयाँ बानेश्वर निवासी व्यवसायी नविन चन्द्र प्रधान संग फागूण २८ गते बिबाह गर्न लागेकी हुन् ।
विशुद्ध एरेन्ज म्यारिजमा बाँधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सिए (चार्टर्ड अकाउन्टेन्ट) हुन् । नविन १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन् । अन्तराल चलचित्रबाट डेव्यु नायिका अशिष्माले तोरी लाहुरे, राधे, मेला लगायत चलचित्रमा अभिनय गरेकी छिन्। उनको निर्माण र अभिनयमा नेपाल भाषाको ‘लाखे भाजु’ चलचित्र निर्माणको क्रममा रहेको छ।

अभिनेत्री नकर्मीलाई वैवाहिक जीवनको अग्रिम शुभकामना







