मनोरञ्जन Sunday, 4 Mar, 2018
Prestige Media

‘शत्रु गते’ को ट्रेलर सार्वजनिक’

काठमाडौँ — दुइटा गीत र एउटा टिजरमार्फत दर्शकसम्म पुगेको ‘शत्रु गते’ फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रचारको अन्तिम अस्त्र भन्दै निर्देशक प्रदीप भट्टराईले यसबाटै फिल्मको स्पिड थाहा हुने बताए ।

‘यसअघि हलमा जाने दर्शकलाई लक्ष्य गरेर टिजर निकालेका थियौं,’ उनले भने, ‘ट्रेलरआमदर्शकका लागि हो । यसबाट फिल्म के–कस्तो छ, त्यसको स्पिड बुझ्न सकिन्छ ।’
कुपन्डोलस्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पल शाहलगायत उपस्थित थिए । फिल्ममा उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वसुन्धरा भुसाल, राजाराम पौडेल लगायतको अभिनय छ । हास्य कलाकारको बाहुल्य रहे पनि ट्ेरलरमा रोनाधोना बढी देखिएको भन्ने जिज्ञासामा निर्देशक भट्टराईले भने, ‘सेन्टिमेन्टल पार्ट पनि छ । सिचुएसनल कमेडी भएको हास्यप्रधान फिल्म हो ।’
ठूला कलाकारसँग काम गर्दा छायामा पर्नुको सट्टा आफ्नो पात्रमार्फत नै ठाउँ बनाउन सकिने अभिनेत्री आँचलले बताइन् । पलले पनि छायामा पर्ने/नपर्नेबारे फिल्म साइन गर्दा नै सोचविचार गरेको भन्दै नौलो भूमिकामा मज्जा आएको अनुभव सुनाए । ‘बेहुला बन्न पाएको थिएँ’, उनले भने, ‘आनन्द आउँदो रहेछ ।’
महकै ‘१५ गते’ फिल्मको दृश्यसँग मिल्दोजुल्दो दृश्य ‘शत्रु गते’ मा देख्न सकिन्छ । यसबारे पनि कार्यक्रममा जिज्ञासा राखिएको थियो । कलाकार एवं मह सञ्चारका किरण केसीले यसलाई कथाको माग भन्न रुचाए । ‘अरूको फिल्मबाट लिइएको होइन,’ उनले भने, ‘त्यो दृश्यले गर्दा पहिले एक जनाको मृत्यु नै भयो । उहाँ हाँस्दैहाँस्दै बित्नुभएछ । दु:ख पनि लाग्छ ।’
कान्तिपुरबाट

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL