Exclusive News
Friday, 19 Jan, 2018
ओलीको स्वास्थ्य बुझ्न उपराष्ट्रपति बालकोटमा
काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपराष्ट्रपति पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डबाट फर्केको भोलिपल्ट शुक्रबार बिहान ओली निवास बालकोट पुगेका थिए। ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार करिव एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो।
source: kantipur








