Breaking News Saturday, 9 Dec, 2017
Prestige Media

आमाको दाहसंस्कार छाडेर मतगणना

गोरखा : ‘म नौ बजे आउँछु भनेको थिएँ नि, आइहालें होइन त !’ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले मतपरिणाम सार्वजनिक गर्न माइक्रोफोनअघि कुर्चीमा बसेर फिस्स हाँदै पत्रकारसँग भने। सञ्चारकेन्द्रका पत्रकार मुखामुख गरेर मुस्कुराए। लगत्तै उनले मतपरिणाम सुनाए र बिदा भए।

जिल्ला न्यायाधीशसमेत रहेका पौडेलकी ९५ वर्षीया आमा हुमादेवीको बिहीबार दिउँसो चार बजे निधन भएको थियो। आमाको दाहसंस्कार छाडेर पनि उनी मतगणना कार्यक्रम सफल बनाउन निरन्तर लागिरहे।

बिहीबार दिउँसो ४ बजे मतगणनाका लागि सर्वदलीय बैठक बसिरहँदा उनको आमाको निधन भएको खबर आएको थियो। केहीबेर त उनी किंकर्तव्यविमूढ भएका थिए। मंसिर १० गते सम्पन्न निर्वाचनको मुखमै आएको मतगणना छाडेर बिदामा जानु पनि उनले उचित ठानेनन्। ‘मैले जुन काम जिम्मा लिएको थिएँ, त्यो चटक्कै छाडेर जानसक्ने अवस्था थिएन’, उनले भने, ‘कान्छो छोरो भएकाले आमाको दाहसंस्कारमा जानु पनि उत्तिकै महत्वपूर्ण दायित्व थियो।’

‘मेरा लागि मतगणना गराउनु र अन्तिम अवस्थामा आमाको मुख हेर्नु दुवै उत्तिकै महत्वपूर्ण।’

तर, उनी मुटु दह्रो पारेर केही नभएजस्तो गरी काममा लागिरहे। निर्वाचन सम्पन्न गराउनु र आमाको अन्तिम अवस्थामा मुख हेर्नु आफ्ना लागि उत्तिकै अवस्था रहेको उनले बताए। ‘निर्वाचनको काम अघि बढाएर काजकिरियामा सहभागी भएँ’, उनले भने।

संयमित भएर उनले निर्वाचन आयोगमा खबर गरे तर भनेकै बेला आयोगले अर्को कर्मचारी पठाउन सकेन। रातभरि आमा सम्झँदै उनले मतपत्र गन्ने काम जारी राखे। उनको विवशता बुझेर आयोगले नवलपरासीबाट न्यायाधीश रितेन्द्र थापालाई पठायो। त्यसपछि मात्रै पौडेल आमाको काजकिरियाका लागि पोखरा–लेखनाथ महानगरपालिका २५ स्थित घरतर्फ प्रस्थान गरेका थिए।

source : annapurnapost

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL