Breaking News Friday, 8 Dec, 2017
Prestige Media

बझाङमा वामगठबन्धन विजयी

बझाङ :  प्रतिनिधिसभाका लगि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाड जिल्लामा तिनै क्षेत्रमा वामगठबन्धनले विजयी भएको छ।
प्रतिनिधिसभामा नेकपा एमालेका भैरबबहादुर सिंहले ३४ हजार ६ सय १२ मतले विजयी भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्। प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए।

प्रतिनिधि सभामा भैरबबहादुर सिंहका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका छन्। यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाएर पराजय भएकी हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजए भएका हुन्।
बझाड जिल्लामा प्रतिनिधिसभाका लागि सातवटा राजनीतिक दलका ७ जना उमेदावर प्रतिष्पर्धामा थिए। प्रदेशसभा १ मा ६ वटा र प्रदेश सभा २ मा ४ दलका उमेदवारहरुले भाग लिएका थिए।

प्रतिनिधिसभामा विबेकशील साझा पार्टीका मीनबहादुर सिंहले ३५५ संघीय समाजवादी फोरमका भीमबहादुर थापाले ५ सय ३ मत पाएका थिए। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका धरणीधर नाथले ३ सय ९ मत, नयाँशक्ती पार्टीका जोगीबहादुर कुवरले ४ सय ४३ मत र राष्ट्रिय जनमोर्चा पार्टीका कल्पना भण्डारीले ५१ मत पाएकी थिइन् ।

प्रदेश सभा निर्वाचन १ मा संघीय समाजवादी फोरमका राम बहादुर जाग्रीले २७३ मत, नयाँशक्ती पार्टीका डम्बरबहादुर रावलले १४७ मत पाएका छन्। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका असोकबहादुर ओलीले ३३२ मत र विबेकशील साझा पार्टीका महोन सिंहले ३६२ मत पाएका थिए। यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७ मत विवेकशील साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत पाएका थिए।
बिहीवार साँझ ५ बजेबाट मतगणना गरेको बझाडमा शुक्रबार दिउँसो नै मतगणना सकिएको हो। मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रशाद बास्तोलाले विजयी भएका तीनै जना उमेदवारलाई प्रमाणपत्र प्रदान गरेका थिए।

बझाड जिल्लामा १ लाख ४ हजार २ सय ७५ मतदाता रहेपनि ६६ हजार ८ सय २७ मत खसेको थियो। यस मध्य ३ हजार ५ सय मत बदर भएका थिए।

source ; annapurna post

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL