१९ कात्तिक, गोरखा । कांग्रेसले नयाँ शक्तिसँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै गोरखा क्षेत्र नम्वर २ का अग्रज एवं द्धन्द्ध पीडित कांग्रेस कार्यकर्ताले प्रत्यक्षतर्फ मतदान नगर्ने भएका छन् ।
पार्टीको दर्शन र बिचार बिपरित चुनावी तालमेल गरेको भन्दै उनीहरुले समानुपातिक तर्फ मतदान गरेपनि प्रत्यक्ष तर्फ मतदान नगर्ने बताए । आइतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनीहरुले गुटगत स्वार्थका लागी पुराना कार्यकर्ताप्रति अराजनीतिक व्यवहार र अप्राकृतिक गठवन्धन गरेको भन्दै आपत्तीसमेत जनाएका छन् ।
‘गठवन्धन पदसँग साँटियो, बिचारको मुल्याङकन भएन,’ जिल्ला बिकास समितिका पूर्व सभापति एवं नेपाली काग्रेसका पुराना कार्यकर्ता चन्ऽ प्रसाद न्यौपानेले भने, ‘गोरखा २ मा काग्रेसको उमेदवार छैन, त्यहा न हाम्रो रुख छ न मुख छ अनि किन भोट हाल्ने ?’
०४८ सालदेखि हालसम्म निरन्तर कांग्रेसमा लाग्नेको अपहेलना गरेको भन्दै उनले गुनासो गरे ।
‘बाबुराम सूर्य चिन्ह लिएर चुनाव लड्न तयार हुने तर रुख चिन्ह लिन किन असहमत भए ?,’ न्यौपानेले प्रश्न गरे ।
अहिलेको राजनितिक गठवन्धन इमान्दार नभएको उनले बताए । आफूहरुको उद्देश्य बाबुरामलाई हराउने नभएको पनि उनले प्रष्ट पारे । मतदान गर्दा आˆनो विवेक प्रयोग गर्न मतदाताहरुलाइ उनले आग्रह समेत गरेका छन् । गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधिसभा सदस्यका लागी काग्रेससँग तालमेल गरेर नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइ साझा उमेदवार बनेका छन् ।
गोरखा २ का द्वन्द्वपीडित कांग्रेस कार्यकर्ताहरुले पनि अहिलेको चुनावी गठवन्धन प्रति असन्तुष्ट जनाउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई क्रियाशील गराई दोषीलाई कारवाहीको मागसँगै गठवन्धन प्रति आफूहरुको असन्तुष्टिलाई सम्वोधन गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
source ; online khabar









