Exclusive News
Tuesday, 31 Oct, 2017
मुगुमा विद्युत् सेवा अवरुद्ध – राजबहादुर शाही, मुगु
कार्तिक १४, २०७४-जिल्ला सदरमुकामस्थित गमगढीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
गमगाढ साना जलविद्युत् आयोजनाको पावर हाउसमा मेसिन खराबी हुँदा सोमबार रातिदेखि गमगढी बजार अन्धकार भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सरकारी कामकाज बैंकिङ सेवा प्रभावित भएको छ ।
गमगढीमा सञ्चालित स्थानीय ३ वटा एफएमको प्रशारण सेवा अवरुद्ध बनेको छ । कर्मचारीदेखि स्थानीयवासीका मोबाइल चार्ज गर्न कम्प्युटर ल्यापटप चलाउन निकै कठिनाई उत्पन्न भएको छ ।
सोमबार रातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनको लागि मर्मत कार्य भइरहेको गमगाढ साना जलविद्युत् आयोजनाले जानकारी गराएको छ ।
कान्तिपुर बाट सभार







