Breaking News Monday, 8 May, 2017
Prestige Media

वडाध्यक्षले पाउने तलब सुविधा विकासको काममा खर्चन्छु : राज घिमिरे

श्याम तण्डुकार
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राज घिमिरेलाई ‘चपली हाइट’ चलचित्रको नायकको रुपमा चिनिने गरिन्छ । उनी आफ्नो कलाकारिताको यात्रालाई थाती राखी राजनीतिमा होमिएका छन् । वाइसियल ललितपुर जिल्लाका सहसंयोजक, गोदावरी नगरका ईन्चार्जका साथै गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्षको रुपमा सक्रियताका साथ काम गर्दै आएका छन् ।

स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा गोदावरी न.पा. ३ नम्बरको वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उनले उम्मेद्वारीको टिकट पाइसकेका छन् ।

स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ । यस वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो  पहिलो काम हुने उनले वताए ।

उनले आफूले गरेका विभिन्न कामहरुको जानकारी गराउँदै आफ्नो प्रतिवद्धता समेत सुनाउन भ्याए । उनी भन्छन्,‘१२ वर्षे मेलामा मेरो संयोजकत्वमा संघर्ष गरेर ८४ लाख रकम संकलन गर्न सफल भैयो । भूकम्पको बेलामा राहत वितरणदेखि भूकम्प पीडितहरुलाई अस्थायी आवासको ब्यवस्था, पीडितले पाउनुपर्ने राहत रकम उपलब्ध गराउनका लागि कसरत गर्ने काममा पनि अग्रसर भएर काम गरें । पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी नै छ ।’ उनले वडामा खाने पानीलाई सहजै उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै मर्मतदेखि लिएर नयाँ पाइप पिछ्याउने, स्रोत संकलन जुटाउने काम लाग्ने वताए ।

उनले वडाध्यक्षमा म आफू विजयी भएपछि गर्ने कामहरुको बारेमका समेत जानकारी गराए । उनले भने, ‘मासिक तलब र सुविधाको रकम यसै नगरका विपन्न, दलीत तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सो रकम सुविधा उपलब्ध गराउनेछु । यस नगरमा पुराण लगाई संकलन भएको गुमनाम ५५ लाख रुपैयाँलाई जनचाहना अनुसार कै अस्पताल बनाउन पहल गर्नेछु । स्थानीय तहमा उपलब्ध हुने रोजगारीमा दक्ष तथा अनुभवी व्यक्तिहरुलाई रोजगारी दिलाउने, फुल्चोकीमा केवलकार सहितको विकास योजना ल्याउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्ने र महिला, दलीत, आदिवासी जनजाति, सिमान्तकृत वर्गहरुलाई माथि उठाउनका निम्ति पहल गर्ने, गोदावरी पर्यटकीय स्थालको रुपमा देशकै नमुना बनाउने, गोदावरी कुण्ड तथा नौ धारालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गराउनेछु ।’
साथै पुष्पाञ्जली स्कूलमा अप्रत्यासित रुपमा दुर्घटना हुँदा विद्यार्थीको उद्धार, उपचार तथा भावि शिक्षा तथा क्षति समेत दिलाउनका लागि अग्रणी भूमिका निभाएको र यही नगरमा सामाजिक तथा राजनीतिक कार्यमा अहोरात्र खटिदै आएको पनि उनले वताए ।  राज घिमिरे एक जोशिला युवा हुन । उनीसँग विकासको स्पष्ट खाका छ । विकास गर्ने क्षमता छ । यसै कारणले उनीबाट विकासको आश गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL