मिस SEE स्टार प्रतियोगिता हुँदै
काठमाडौँ – जेठको २० गते मिस SEE स्टार को घोषणा हुने भएको छ । कक्षा १० को परिक्षा दिएर बसेका छात्राहरुलाई लक्ष्क्षित गर्दै भवानि इन्टरटेन्मेन्टले मिस SEE स्टार को आयोजना गरेको हो ।
एक महिना भन्दा बढिको तालिम अवधिबाट उत्कृष्ट छानिने एक जनाले मिसSEE को ताज पहिरिने भवानि इन्टरटेन्मेन्टले जनाएको छ । बैशाखको पहिलो हप्ता देखि तालिम सुरु हुनेछ भने जेष्टको २० गते एक जनाले मिस SEE स्टार को ताज पहिरिने छिन ।
विभिन्न खालका सुन्दरी प्रतियोगिता गर्दै आएको भवानि इन्टरटेन्मेन्टले मिस एभरेष्टको सफलतासंगै मिस एसइइ गर्न लागेको हो । तलिम अवधिभर सहभागिहरुलाई व्यक्तित्व विकास, भाषण कला, वागमती सफाइ अभियानमा सहभागि गराइने, हिकिङ हेरिटेज वाक, पिकनिक, स्विमिङ र फोटो सुटको विषयमा तालिम दिइने छ र सहभागिलाई डे«स पनि उपलव्ध गराइने भवानि इन्टरटेन्मेन्टलका प्रबन्धनिर्देशक सोनित ढुङगेलले जानकारी दिए ।
मिस SEE स्टार विजेताले व्यास प्राइजका साथै एक थान ल्यावटप उपहार पाउने छन् । त्यस्तै विभिन्न खालका टे«निङहरुको अवसर, म्यूजिक भिडियोमा खेल्ने पाइने, विभिन्न कलेजहरुमा फ्रिमा अध्ययनको अवसर, लगायत अन्य उपहारहरु रहेको आयोजकले जनाएको छ । अहिले मिस एसइइको लागि धमाधन फारम वितरण भइरहेको छ ।







